राष्ट्रसंघीय समितिमा बन्दना राणा निर्वाचित

लामो समयदेखि नेपालमा महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित भएकी छन् ।
राष्ट्रसंघीय उच्च पदमा नेपाली महिला पुगेको यो पहिलो अवसर हो । न्युयोर्कमा मंगलबार भएको निर्वाचनमा राणा विजयी भएकी हुन् ।
उनीसँगै विभिन्न देशका २६ जना महिला अधिकारकर्मीले प्रतिस्पर्धा गरेका थिए । राणाले १०६ मत पाएकी छन् । बढी मत पाएर विजयी भएका ११ मध्ये उनी ६ नम्बरमा पर्न सफल भएकी छन् ।
राणाले आगामी जनवरी १, २०१७ देखि २०२० सम्म उक्त समितिको सदस्य पदमा रहेर काम गर्नेछिन् । सरकारले गत मार्चमा राणाको नाम उक्त समिति सदस्यका लागि मनोनयन गरेको थियो ।
विगतमा सरकारले उक्त पदमा अर्की महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई मनोनयन गरे पनि उनले निर्वाचनमा विजय प्राप्त गर्न सकेकी थिइनन् ।
केही समयअघि मात्र नेपाल संयुक्त राष्ट्रसंघीय ७१ औं महासभाको उपाध्यक्षमा एक वर्षका लागि निर्वाचित भएको थियो । अधिकारकर्मी राणाले विगतमा नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । त्यस्तै गैरसरकारी संस्थामा रही महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी छन् ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...