राष्ट्रसंघीय समितिमा बन्दना राणा निर्वाचित

लामो समयदेखि नेपालमा महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित भएकी छन् ।
राष्ट्रसंघीय उच्च पदमा नेपाली महिला पुगेको यो पहिलो अवसर हो । न्युयोर्कमा मंगलबार भएको निर्वाचनमा राणा विजयी भएकी हुन् ।
उनीसँगै विभिन्न देशका २६ जना महिला अधिकारकर्मीले प्रतिस्पर्धा गरेका थिए । राणाले १०६ मत पाएकी छन् । बढी मत पाएर विजयी भएका ११ मध्ये उनी ६ नम्बरमा पर्न सफल भएकी छन् ।
राणाले आगामी जनवरी १, २०१७ देखि २०२० सम्म उक्त समितिको सदस्य पदमा रहेर काम गर्नेछिन् । सरकारले गत मार्चमा राणाको नाम उक्त समिति सदस्यका लागि मनोनयन गरेको थियो ।
विगतमा सरकारले उक्त पदमा अर्की महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई मनोनयन गरे पनि उनले निर्वाचनमा विजय प्राप्त गर्न सकेकी थिइनन् ।
केही समयअघि मात्र नेपाल संयुक्त राष्ट्रसंघीय ७१ औं महासभाको उपाध्यक्षमा एक वर्षका लागि निर्वाचित भएको थियो । अधिकारकर्मी राणाले विगतमा नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । त्यस्तै गैरसरकारी संस्थामा रही महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...