ठाकुर पुन: अध्यक्ष

-- ?>

Mahantha-Thakur

काठमाडौं— तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा पुन: महन्थ ठाकुर चयन भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकि छ । निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार भएका हुन् । पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । यी पदको पनि औपचारिक घोषणा हुन बाँकि छ ।