थानेश्वरका दुई भिडियो सार्वजनिक


काठमाडौं— फरक शैलीका गजलहरु गाएर सांगीतिक क्षेत्रमा लोकप्रिय भैसकेका गायक थानेश्वर गौतमका दुई नयाँ गीतका म्युजिक भिडियोहरु एकै साथ सार्वजनिक भएका छन् । यी दुबै म्युजिक भिडियोमा नायिका नीता ढुंगानाले अभिनय गरेकी छिन् । पछिल्लो समय चलचित्रमा खासै व्यस्त नरहेकी नीता ढुंगाना यतिबेला म्युजिक भिडियोकै छायांकनमा व्यस्त भैरहेकी छिन् ।
थानेश्वर गौतमकै स्वर तथा संगीतमा तयार पारिएका यी दुई मध्ये ‘सिन्दुर लाउने हौली…’ गीतका रचनाकार छवी चालिसे हुन् । गीतकार चालिसे आफैंले यो गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । उपकार घमालले उनलाई अभिनयमा साथ दिएका छन् । ‘मोल हो कि अनमोल हो…’ गीतमा रचनाकार हस्त गौतम ‘मृदुल’ हुन् । यो गीतमा गायक तथा संगीतकार गौतमलाई गायिका सरु गौतमले गायनमा साथ दिएकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा नायिका नीता ढुंगानाले मोडल सविन लामासंग रोमान्स गरेकी छिन् । दुबै गीतलाई रञ्जना म्युजिकले रिलिज गरेको हो ।

त्यसो त यो गीतमा अंक ‘दुई’ को रमाइलो संयोग जुरेको छ । गायक तथा संगीतकार थानेश्वर गौतमले यी दुबै गीतमा स्वर तथा संगीत दिएका छन् । दुबै गीतका भिडियोकी नायिका नीता ढुंगाना हुन् । सञ्चारकर्मी सुव्रत आचार्यले दुबै भिडियोहरु निर्देशन गरेका छन् । अझ रमाइलो कुरा के छ भने दुबै भिडियोमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन छ ।
‘गाजल लगाइन छौ…’, ‘दुई दिनको खेल हो कि…’ जस्ता गजलहरुका कारण स्रोतामाझ लोकप्रिय भैसकेका गायक थानेश्वर गौतम रोयला गीतका कारण पनि लोकप्रिय छन् । नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’मा संगीत दिएपछि थप चर्चामा आएका यी संगीतकर्मी गजल तथा शास्त्रिय संगीत मिश्रण गरिएका आधुनिक गीतहरुको सिर्जना गर्नुका साथै फरक शैलीको गायन र संगीत सिर्जनामा पनि स्थापित भैसकेका छन् ।
यस्ता छन् दुबै गीतका भिडियो :
https://www.youtube.com/watch?v=QfH9vIaP_VI
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



