यस्तो छ बडादशैँ २०८१ को टीकाको उत्तम साइत

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको विजया दशमीको शुभसाइत नेपालको समय अनुसार असोज २६ गते शनिवार बिहान ११ः३६ बजेका लागि उत्तम भएको जनाएको छ । समितिले शुक्रवार सार्वजनिक गरेको बडादशैंको साइतको सूचना अनुसार असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार विजया दशमीको टीका लगाइ माग्ने व्यक्ति ९प्रसाद ग्रहण गर्दा० पूर्वतर्फ फर्केर बस्नु पर्छ ।
यस वर्षको नवरात्र अर्थात बडादशैँ असोज १७ गते बिहीवारदेखि प्रारम्भ हुनेछ । समितिका अध्यक्ष भट्टराईले असोज १७ गते बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको बताएका छन् । असोज १८ गते शुक्रवार झन्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९ः१४ बजे, असोज २२ गते मंगलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती तथा श्री तुलजा भवानी यात्रा बिहान ७ः११ बजे तथा स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ । समितिले जनाए अनुसार यो वर्ष महाअष्टमी तथा महानवमी पर्व एकै दिन अर्थात असोज २५ गते शुक्रवार परेको छ । त्यसैगरी असोज ३० गते बुधवार अखिल बली पूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार सोही दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको बडादशैँ समापन हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...