आज घटस्थापना, बडादशैँ प्रारम्भ

काठमाडौं– आज असोज १७ गते बिहीवारदेखि यो वर्षको बडादशैँ पर्व प्रारम्भ भएको छ । आज घरघरमा घटस्थापना गरेसँगै यस वर्षको दशैँ सुरु भएको छ । पौराणिक कालदेखि मानिँदै आएको यस खुसियालीको उत्सव भगवतीको पूजाआजा गरी मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैँ मनाइने गरिन्छ । महाअष्टमी र महानवमी तिथि एकैदिन परे पनि चौथी तिथी दुई दिन पर्दा समग्रमा यसपालि पनि दसैं १५ दिन नै छ । आगामी २० र २१ गते दुई दिन चौथी तिथि परेको छ ।
आज घरघरमा जमरा राखेर सुरु हुने दशैँ ३० असोजमा पर्ने कोजाग्रत पूर्णिमाका दिनबाट सकिनेछ । आश्विन शुक्ल प्रतिपदाका दिन बिहीबार पूजाकोठा, दशैँघर अथवा कोतमा दियो कलश र गणेश थापना गरेर बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा घटस्थापना गरी नवदुर्गाको स्थापना गरिनेछ । पूजाकोठामा घैंटो अथवा घडामा जल भरी माथिपट्टि आँप चाप बरपीपलको पात राख्ने गरिन्छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए ।
घटस्थापना गरिएको स्थानमा थापिएकी देवीलाई नै नवमीका दिनसम्म पूजा गर्ने चलन छ । त्यस स्थानमा दुर्गा सप्तसती र चण्डी पाठ पनि गरिन्छ । काठमाडौंको हनुमानढोका दरबारको दसैंघरमा तथा राष्ट्रपति भवन शीतल निवासमा वैद्धिक विधिपूर्वक पञ्चांगको साइतनुसार जमरा र घडा राखिनेछ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बलि दिई, हात हतियार र निशानको पूजा गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ ।
समितिका अनुसार २६ असोज शनिबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । त्यही दिन बिहान ८ बजेर ३३ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई विसर्जन गरिने शुभ साइत रहेको समितिका सदस्य प्राडा। देवमणि भट्टराईले जानकारी दिए । उनका अनुसार देवी विसर्जन गरिएपछि देवीको प्रसादस्वरूप टीका र जमरा साइतमा लगाउने परम्परा छ । त्यस दिनभर नै टीका लगाउँदा राम्रो हुने प्राडा भट्टराईले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



