डिसेम्बरको पहिलो साता क्यानबेरामा ‘नेपाली क्रिकेट महोत्सव’
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली क्रिकेट महोत्सव आयोजना हुने भएको छ । क्यान्बेरामा आयोजित एक कार्यक्रमबीच उक्त प्रतियोगिताको बारेमा जानकारी गराइएको छ । क्रिकेटको माध्यमबाट आपसी सद्भाव र खेलाडीबीचको चिनजान अनि नेपाली क्रिकेट टीमको अष्ट्रेलियामा श्रीवृद्धि गर्नु यो महोत्सवको उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष सन्देश कँणेल बताउँछन् ।
कार्यक्रमका सल्लाहकार आदर्शजंग पाण्डेले उपस्थित जनसमुदाय सबैलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए । अहिलेसम्म कै ठुलो धनराशिको कार्यक्रम क्यानबेरामा गर्न पाउँदा आफू हर्ष–विभोर भएको बताउँदै समाजिक सद्भाव र नेपाली खेलाडीलाई प्रोत्सहन गर्न आफू यो महोत्सवमा सहभागी भएको बताए ।
महोत्सवको मुख्य प्रायोजक ८८४८ मःम रहेको छ भने हस्पिटालीटी पार्टनरमा स्पाईस रुट ईन्डियन रेष्टुराँ रहेको छ । चार दिने उक्त महोत्सवमा क्रिकेट खेलका साथै नेपाली खानाको स्टल, बालबालिकाहरुका लागी जम्पिङ क्यासलका साथै अन्य रमाईला गतिविधिहरु पनि सञ्चालन गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
अष्ट्रेलियाका अन्य राज्यहरुका नेपाली टीमको पनि सहभागिता रहने उक्त महोत्सव पारिवारीक जमघट र छोटो बिदाको खुशियाली साट्ने क्षणका रुपमा अविस्मरणिय बन्नेछ भने विश्वास लिएको नेपलिज क्रिकेट एसोसिएशनका अध्यक्ष अजय लामा बताउँछन् ।
आगामी डिसेम्बर ३ देखि ६ तारिकसम्म बिहान ८ः३० देखि साँझ ६ः३० बजे सम्म क्यान्बेराको लाइनाम क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताका विजेताहरुले पहिलो पुरस्कार १५ हजार अष्ट्रेलियन डलर पाउने छन् भने उपविजेताले पाँच हजार डलर पुरस्कार पाउने छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...