क्यामरुनले दिए राजीनामा
बेलायत— हिजो बिहिबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिने घोषणा गरेका छन् । बेलायत यूरोपियन यूनियन (ईयु) बाट बाहिरिने पक्षमा बहुमत आएपछि क्यामरुनले यस्तो घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए भने २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।
क्यामरुनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए र उनी ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका थिए । जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरुनले परिणामलाई स्वीकार गर्ने बताएका छन् । उनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएको गर्व गरेको समेत उल्लेख गरेका छन् ।
बेलायत ईयूबाट बाहिरिने भएपछि ‘जहाजको क्याप्टेन’ भइरहनु उपयुक्त नहुने उनले प्रतिक्रिया दिएका छन् । बेलायत युरोपीय युनियनमा रहँदा नै सुरक्षित र राम्रो हुनेमा आफू प्रष्ट रहेको भन्दै उनले बेलायतका जनताले अर्को बाटोका लागि प्रष्ट निर्णय लिएको प्रतिक्रिया दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...