अभिनेत्री समिता गिरीको ‘लग्जरी होम सलून’, घरमै बसेर सेवा लिन पाइने

काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौं उपत्यका भित्र सेवा दिने उदेश्यले यो नौलो व्यवसायको थालनी गरेकी हुन् ।
काठमाडौंमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट बन्चित दिदी–बहिनीहरुलाई लक्षित गर्दै उनीहरुको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने उदेश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीको भनाइ छ ।

अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रुपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताएकी छिन् । कमल पोखरीको कृष्ण पाउरोटीनजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ ले सेवाग्राहीलाई उनीहरुले बोलाएको ठाउँमै गएर व्यटीपार्लरसम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलून’ को रुपमा काम गर्न थालेको उनले बताएकी छिन् । ‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौं उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।
हालै कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरुले उक्त होम सलूनको कार्यालयको रिबन काटेर समुद्घाटन गरेका छन् । ‘मैले विगतमा धेरै–धेरै पटक पार्लर जाँदा पर्खिनु पर्ने, आफूले भनेको समयमा कहिले पनि सेवा नपाइने, भोलि आउनु, पर्सि आउनु भन्ने जस्ता कुरा सुन्नु परेपछि यो मेरो मात्र होइन, हामी सबै महिला दिदी बहिनीहरुको सामुहिक समस्या हो भन्ने सोचेर त्यही समस्याको समाधान गर्नका लागि सलोन टाइमकमार्फत काठमाडौंमा आफ्नो सेवाको थालनी गर्ने निर्णय गरेकी हुँ, कलाकार गिरीको भनाइ छ ।

कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक भएकाले नौलो पनि लाग्न सक्छ । वास्तवमा सलोन टाइम एउटा एप हो, जहाँ पार्लरको सेवा तथा सुविधा लिन इच्छुक युवती तथा महिलाहरुले एपमै गएर आफूलाई उपयुक्त हुने टाइम स्लट छनोट गर्न सक्ने छन् ।
गिरीका अनुसार यो होम सलूनले सेवाग्रहीलाई उनीहरुले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरुले तोकेको स्थानमै गएर सेवा दिनेछन् । प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरुले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौं उपत्यकामा उपलब्ध हुनेछ ।
सलोन टाइमले एउटा रामो व्यूटि पार्लमा जे–जस्ता सुविधाहरु प्रदान गरिन्छ, सलूनको भन्दा कम शुल्कामा त्यो भन्दा गुणस्तीय सेवा दिने अठोट गरेको छ । यो तस्विरमा दिइएको क्यू आर स्क्यान गरेर सलोनटाइमको एप डाउनलोड गर्न सकिने कलाकार गिरी बताउँछिन् ।
सलोन टाइममार्फत हेयर कटिन, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल, मसाजसहित मेकअप तथा व्यूटी सम्बन्धि सम्पूर्ण सेवा लिन सकिन्छ ।

(सलूनको सेवा लिन यो क्यूआर स्क्यान गरेर एप डाउनलोग गर्न सकिने छ ।)
कलाकार गिरीका अनुसार प्रायः होम सलूनको सेवा दिनेहरुले गुणस्तरीय व्यूटी प्रोडक्टहरु प्रयोग गर्दैनन् । ‘तर हामीले भने गुणस्तीयर प्रोडक्ट बिना सेवा नै नदिने निर्णय गरेका छौं’, उनी भन्छिन्– ‘हाम्रो होम सलूनमा लक्जरी प्रोडक्टहरु जस्तै ओ थ्री, सारा, कस्बार (सलोन टाइमको आफ्नै प्रोडक्ट, नेपालमा पहिलो पटक यो प्रोडक्टको प्रयोग गरिएको हो), लक्जरी होममा लक्जरी सेवा दिन प्रोडक्ट पनि लग्जरी दिने तयारी गरिएको छ ।’
‘यो नयाँ प्रयोगमा म सफल हुन्छ कि हुन्न भन्ने थाहा छैन, तर मैले हामी जस्तै व्यस्त महिलाहरुको सुविधा तथा सहजताका लागि यो नयाँ व्यवसाय रोजेकी हुँ, कलाकार गिरीले काठमाडैं उपत्यकामा यो सेवालाई स्थापित गराएपछि काठमाडैं बाहिर खासगरि जनकपुर, इटहरी तथा नेपालगञ्जमा समेत विस्तार गर्ने योजना बनाएकी छिन् । कलाकार गिरीले सम्पूर्ण महिला दिदी बहिनीहरुलाई सम्बोधन गर्दै भनेकी छिन्– ‘मैले हजुरहरुका लागि यो सजिलो उपाय निकालेकी छु । किनभने हामी सबैलाई राम्री हुन मन लाग्छ । त्यसैले हाम्रो एप डाउनलोड गरेर आजै हाम्रा सेवा लिन आग्रह गर्दछु ।’
तस्विरहरुः बद्री थापा
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



