फेरि स्थगित भयो संसद बैठक

काठमाडौं— आईतबार पनि व्यवस्थापिका संसदको बैठक स्थपित भएको छ । भोलि सोमबारसम्मका लागि यो बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडित परिवारलाई दिइने दुई लाख रुपैयाँ अनुदान एकमुष्ठ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि आइतबार प्रारम्भ भएको बैठक तीन पटक अवरुद्ध हुँदै सोमबारसम्मका लागि स्थगित गरिएको हो ।
आइतबारको बैठकमा कांग्रेसका नेताहरु अजुर्ननरसिंह केशी, अर्जुनप्रसाद जोशी, मोहनबहादुर बस्नेत तथा चीनकाजी श्रेष्ठले तीन किस्तामा दिने भनिएको दुई लाख रुपैयाँ एकमुष्ठ दिनुपर्ने माग राखे । यसबारे प्रधानमन्त्रीले संसदमा प्रतिवद्धता नजनाएसम्म बैठक चल्न नदिने उनीहरुको अडान छ ।
सरकारले भने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्ने तयारी गरेपनि विपक्षीले बोल्नै नदिएको आरोप लगाएको छ । कांग्रेस नेता विमलेन्द्र निधीका अनुसार प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा विपक्षीले उठाएका माग पुरा गर्ने प्रतिवद्धता जनाउने ग्यारेण्टि नभएकाले बैठक चल्न नदिएको धारणा व्यक्त गरे ।
सभामुख ओनसरी घर्तीले यसबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउन चाहेकाले उनलाई बोल्नका लागि समय दिन आग्रह गरेपनि कांग्रेस सांसदले प्रधानमन्त्रीको सम्वोधनमा दुई लाख रुपैयाँ अनुदान एकमुष्ट दिने प्रतिवद्धता आउने ग्यारेण्टि हुनुपर्ने माग गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...