‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका ललितपुरको युएन पार्कनजिकै खुल्यो ‘सफायर एस्थेटिक’

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै शनिवारदेखि ‘सफायर एस्थेटिक’ सञ्चालनमा आएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन शनिवार एक समारोहका बीच रिबन काट्दै उद्घाटन गरेका छन् ।
सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने छ ।
यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायतदक्षविशेषज्ञ टिमबाट सेवाप्राप्त गर्न सकिने छ । जहाँ नयाँ टेक्नोलाजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ । यसबाट फेसियल एनलाईसिस, वडी कम्पोजिसन एनालाईसिसको सुविधाप्राप्त गर्न सकिन्छ । क्रायोलाइपोलाईसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), इएनटी स्लिमिंग (यसबाट बोसो पगालेर मसल्स स्ट्रेन्थिंग गर्ने), जसका लागि अब विदेश जानु नपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिइन् ।
यसबाहेक सफायर एस्थेटिकमा फेसियल कन्टोरिंग गर्ने हाइफु प्रविधिको सुविधा छ, जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्वपूर्ण हुनेछ । यसबाहेक कार्वन डाइअक्साइड लेजर, जसमा कार्वन फिलिङ, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइड्रा फेसियल लगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् ।
यसले तपाईंलाई सुन्दर बनाउनुका साथै तपाईंको आत्मबल र आत्मविश्वास बढाउन मद्धत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ । विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र बेटर रुपमा अघि बढाउन आफ्नो सेवा नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताइन् ।
विगत करिब ५ वर्षदेखि नन सर्जिकल प्रोस्युडर पनिअहिले वुमिँ विषय भएर निस्किएको छ । अहिले ननसर्जिकल मेथडहरुमा विश्वव्यापी रुपमा सौन्दर्यलाई कसरी राम्रो बनाउने भन्ने बारे रिभोलुसन नै आएको छ । उनी भन्छिन्– ‘आफ्नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स बढेको र भित्रैदेखि खुशी हुने गरेको पाइएको छ । यसले काम गर्ने ठाउँमा इफिसियन्सी बढेको देखिन्छ ।’
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...