लोकमानलाई महाअभियोग लगाउन अनसन ?

-- ?>

Dr Kc

काठमाडौं— डा.गोबिन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहित चार बुँदे माग राख्दै पुन: आन्दोलनको घोषणा गरेका छन् । काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआका प्रमुख आयुक्त कार्कीलाई तत्काल संसद्ले महाअभियोग लगाउनु पर्ने माग डा.केसीको छ ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा.केसीले लोकमानसिंह कार्कीसंगै सम्बन्धित आयुक्तहरुलाई समेत कारवाही प्रक्रिया अघि बढाउन माग राखेका छन् । लामो समयदेखि मेडिकल माफियाकरण विरुद्ध आन्दोलनरत डा.केसीले असार २६ गते भित्र आफ्नो माग पूरा नभए अनशन प्रारम्भ गर्ने चेतावनी समेत दिइसकेका छन् ।