क्यान्सरका बिरामीलाई किमो नि:शुल्क गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन् ।
‘नेपालमा ६ जना महिलाको मृत्यु हुने, त्यसमा ४ जना पाठेघरको क्यान्सरबाट मृत्यु हुने कुरा सामान्य विषय होइन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘मेरो आमा, दिदीहरू, मेरा समकालीन साथीहरू थुप्रैको क्यान्सरका कारण मृत्यु भयो । थुप्रैले यो समस्या बोकेर बाँचिरहनु भएको छ ।’
अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौं भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो । त्यसैका निम्ति यो खोप अभियान सुरु गरेको पौडेलले बताए । अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले बताए । क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरुका लागि निःशुल्क गराउने तयारी भइरहेको पौडेलको भनाइ थियो ।
अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निःशुल्क गर्नेगरी व्यवस्था गरिने बताएका छन् । ‘किमो गर्न असाध्यै महंगो भएको, औषधि अत्यन्तै अनियन्त्रित रहेको, जति पैसा लिए पनि हुनेजस्तो स्थिति बनेको छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘त्यसैले यसलाई व्यवस्थित गर्दै सर्वसुलभ र निःशुल्क गर्ने प्रक्रियामा हामीहरू लागिरहेको स्थिति छ ।’
उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए । अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । मेयर धनराज आचार्यले पोखराका २ सय ७५ विद्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए । पोखरामा २३ हजार १० देखि १४ वर्षसम्मका नानीहरुलाई खोप लगाउने उनको भनाइ छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...