रमेशको ‘झुलुँ कि म…’ सार्वजनिक
काठमाडौं— गायक रमेश मास्केद्वारा गाइएको पप शैलीको गीत ‘झुलुँ कि म लहरा भै तिम्रो मनमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न टेलिभिजन च्यानल तथा यूट्युबबाट एकै साथ सार्वजनिक गरिएको उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा एउटा रोमान्टिक जोडीको प्रेम कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म त तिम्रै हुँ’ चलचित्रका नायक–नायिका आकाश श्रेष्ठ तथा ज्योत्सना योगीले यो म्युजिक भिडियोमा रोमान्टिक शैलीकै अभिनय गरेका छन् । गीतमा गायक मास्केकै शब्द तथा संगीत सुन्न सकिन्छ । धिरजजंग शाह यो भिडियोका छायांकार हुने भने निशान घिमिरेले यसलाई सम्पादन गरेका छन् ।
गायक मास्केले करिव पाँच वर्षअघि नै धुन तयार पारेको यो गीतको रेकर्डिङ भने गत वैशाख महिनामा गरिएको हो । करिव दुई साताअघि यो गीतको अडियो संस्करण देशका प्रमुख रेडियो स्टेशनमार्फत सार्वजनिक गरिएको थियो । करिव एक महिनाअघि यो गीतको म्युजिक भिडियो छायांकन गरिएको हो । मलोडियस शैलीको यो गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।
डेढ महिनापछि प्रदर्शन हुने चलचित्रका नायक–नायिकाले रोमान्टिक शैलीकै भूमिका निर्वाह गरेको यो गीतको भिडियोले दर्शकको मन जित्ने कुरामा निर्देशक खड्का त ढुक्क छन् नै, गायक मास्के पनि उत्तिकै आशावादी छन् । आठ वर्षअघि संगीतकर्मी भानुभक्त ढकालसंग संगीतको औपचारिक प्रशिक्षण लिँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका गौरादह–१३, जुरोपानी, झापाका स्थायी वासिन्दा गायक मास्केले करिव चार वर्षसम्म संगीतको प्रशिक्षणलाई निरन्तरता दिएका थिए ।
यस्तो छ भिडियो :
https://youtu.be/sTD_YhTBcn8
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...