जम्मु–कश्मिरमा आतंककारी आक्रमण, एक नेपालीसहित २७ को निधन, नेपालद्वारा आक्रमणको निन्दा यसैबीच

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ । उक्त आक्रमणमा एक जना नेपाली पर्यटक सुदिप न्यौपानेसहित २७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् । यो आक्रमणलाई २०१९ को पुलवामा आक्रमणपछि जम्मू-कश्मीरमा सबैभन्दा ठूलो आतंकवादी हमला भएको बताइन्छ । आतंककारीहरूले मंगलवार पर्यटकहरूमाथि गोली चलाएका थिए, जसमा २७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा एक जना नेपाली पर्यटक तथा एक जना यूएईका पर्यटकसहित २ जना स्थानीय नागरिक छन् । बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु तथा ओडिशाका हुन् ।
घटना मंगलवार दिउँसो करीब ३ बजेको समयमा पहलगामको बैसरन उपत्यकामा भएको हो । मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले उत्तर प्रदेशबाट आएका शुभम द्विवेदीसँग नाम सोधी उनको टाउकोमा गोली हानेका थिए । शुभमको दुई महिनाअघि मात्र विवाह भएको थियो र उनी हनिमुन मनाउन पहलगाम गएका थिए । आतंककारीहरूले अन्य पर्यटकहरूलाई पनि गोली हानी फरार भए । उक्त आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ । प्रारम्भमा प्रशासनले एक जनाको मात्र मृत्यु भएको दावी गरेको थियो, तर झन्डै ४ घण्टापछि समाचार एजेन्सीहरूले २६ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । घटनामा २० भन्दा बढी घाइते छन् । आक्रमणपछि सुरक्षाबलले पहलगामको आक्रमणस्थल घेराबन्दी गरेका छन् र हेलिकप्टरबाट निगरानी गरिँदैछ ।
यसैबीच, भारतको जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ । एक नेपालीसहित २६ पर्यटक जम्मु काश्मिरको पहलगाममा भएको हत्या भएको भोलिपल्ट नेपालले निन्दा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । मंगलवार पहलगाममा घुम्न गएका एक नेपाली पर्यटकसहित २७ जनाको सामुहिक हत्या गरिएको घटनाप्रति राष्ट्रपति पौडेलले निन्दा गरेका हुन् । ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । राष्ट्रपति पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त आक्रमणको निन्द गरेका छन् । ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना, नेपाल भारतको साथमा दृढताका साथ खडा छ र कुनै पनि र सबै आतंकवादी कार्यको कडा निन्दा गर्दछ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन– ‘पीडितहरूमध्ये एक नेपाली नागरिकको रिपोर्ट प्रमाणित गर्न घनिष्ठ समन्वय स्थापना गरिएको छ र आवश्यक सबै सहयोग उपलब्ध गराइने छ ।’ उक्त आतंकवादी आक्रमणको विश्वभरीवाट निन्दा भइरहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



