‘मायाको आभाष’ दिन आए अमित प्रधान भिडियो

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् ।
हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्री केसी र अमित प्रधानको अभिनय रहेको छ । भिडियोमा मेकअप सदिक्षा कर्माचार्यले सम्हालेकी छन् र कपाल सजावट ९हेयर० खुश्बु श्रेष्ठले गरेकी छन् भने ट्यांक साउदले मेकअप सहायकको जिम्मेवारी पुरा गरेका छन् ।
सार्वजनिक गीतलाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । डायस्पोरामा रहेका नेपाली गीत सङ्गीतमा रुचि राख्ने र राम्रो प्रतिभालाई उचित स्थान दिने हेतुले म्युजिक नेपालले म्युजिक भिडियो निर्माण र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन् ।
भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन् । भिडियोको सम्पादन र रङ्ग संयोजन हिमाल थापाले नै गरेका छन् । भिडियोलाई सिनेम्याटोग्राफर (डीओपी) रेयवट श्रेष्ठले खिचेका हुन् भने उत्पादन व्यवस्थापक सलिम एमएसएम गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...