उडिसामा अर्को पनि नेपाली छात्राको मृत्युको बारे बुझ्न कुटनीतिक पहल सुरू

काठमाडौं- भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटना पछि मन्त्रालयले पहल सुरू गरेको हो ।
परराष्ट मन्त्री आरजु राणाले सो घटनाका बारेमा बिस्तृत बुझ्ने काम भइरहेको पनि जनाएको छिन् । ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,’ परराष्ट्र मन्त्री राणाले भनिन् ।
उनले सो घटनामा ज्यान गुमाउने मृतक प्रिसा प्रति श्रद्दाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन् । उता, भारतको उडिसा राज्यले पनि सो घटना बारेमा छानबिन गर्ने जनाएको छ । भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएको हो ।
बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि उडिसा सरकारले सो आदेश दिएको हो । बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको उडिसा सरकारले जनाएको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...