‘ड्रेस टू इम्प्रेस सीजन ११’ को उपाधि रोजिना, साहिल, ललिता र करिश्मालाई

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको ‘श्री रिद्दी सिद्दी ज्वेलर्स ड्रेस टु इम्प्रेस सीजन ११’ मा चार जना डिजाइनरहरुको पहिरन उत्कृष्ट भएको छ ।
प्यासन द लाइफ टाइम टीस्यू तथा बेरिना प्रोफेशनल्स सह–प्रायोजक रहेको उक्त प्रतियोगितामा फेसन डिजाइनरहरु रोजिना भण्डारी, साहिल जंग क्षेत्री, ललिता हासदा तथा करिश्मा बुचा मगर विभिन्न चार विधामा सर्वोत्कृष्ट भएका हुन् ।
प्रतियोगितामा रोजिना भण्डारीले भिन्टेज ग्ल्यामर, साहिल जंग क्षेत्रीले पप आर्ट एण्ड इलेक्ट्रिक इलिमेन्टस, ललिता हासदाले ट आए एण्ड द आर्टिष्ट तथा करिष्मा बुचा मगरले प्रिल सीकर्स विधातर्फ सर्वोत्कृष्ट भएका हुन् ।
प्रतियोगितामा डिजाइनर समा राईले आईआईएफटी लाइक्ड लिजेण्ड च्याम्पियनको उपाधि जितिन् भने सरिता थापा मगरले आईआईएफटी स्ट्रोम्स शर्ड च्याम्पियनको उपाधि जितिन् । त्यस्तै डिजाइनर प्रजिना तुलाधरले आईआईएफटी पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन् ।
प्रतियोगितामा फेसन डिजाइनरहरु निभा श्रेष्ठ, रोपुमा मानन्धर, राजेश धाक्वा, निशा श्रेष्ठ, सञ्जिता बराल तथा द हिडेन ट्रेजरका निर्देशक रुपेश प्रधान रहेका थिए ।
प्रतियोगितामा मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी तथा मिस नेपाल अर्थ २०२४ सुमना केसीका साथमा अभिनेत्री दिया मास्के शोस्टपरको रुपमा रहेका थिए ।
आयोजक आईआईएफटी नेपालका अध्यक्ष फुपू तेञ्जिङ शेर्पाका अनुसार शनिवार भव्य रुपमा सम्पन्न भएको ‘ड्रेस टू इम्प्रेस’ मा आईआईएफटी स्कूल अफ फेशन डिजाइनमा अध्यनरत विद्यार्थीहरूले आफ्ना लागि आफैँले ड्रेस बनाएर, आफैँले लगाएर आफैँ स्टेजमा प्रस्तुत गरेका थिए ।
ड्रेस टु इम्प्रेस सीजन ११ मा आईआईएफटी स्कूल अफ फेसन डिजाइनका विद्यार्थीहरूले चार वटा थीममा डिजाइन गरिएका पहिरनसहितको आफ्नो सृजनाहरू प्रदर्शन गरेका हुन् ।
आईआईएफटी स्कूल अफ फेशन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



