डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच डा.विश्व पौडेललाई नै नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको छ ।

समाचार स्रोतका अनुसार सत्तारुढ दलका दुई नेता मंगलदबार भएको छलफलका क्रममा पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा हुनुहुन्थ्यो । पौडेलले कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिनुभएको थियो ।

सत्तारुढ दुई दल कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो ।दुई नेताबीचको सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । लगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने अनुमान गरिएको छ । पौडेल कांग्रेसको कोटाबाट गभर्नर बन्न लाग्नुभएको हो ।