अष्ट्रेलियाको राजधानी क्यान्बेरामा नेपालीले मनाए ‘रिकन्सिलेसन डे’

क्यान्बेरा– मेलमिलाप, सम्मान तथा एकताको भावना बोकेर चार दशक पुरानो नेपाली संस्था अष्ट्रेलिया–नेपाल फ्रेण्डसिप सोसाईटीद्वारा मेलमिलाप दिवसको अवसरमा सोमवार राजधानी क्यान्बेरामा एक कार्यक्रमको आयोजना गरियो । क्यान्बेराको याराबी दह क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजित उक्त कार्यक्रममा स्थानीय नेपाली तथा अष्ट्रेलियाली समुदायका सदस्यहरूबीच आत्मीय भेटघाट, र अष्ट्रेलियाली आदिवासी सांस्कृतिक आदान–प्रदान भएको छ ।
नेपाली समुदायमै पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम उपस्थित नेपालीहरुले अष्ट्रेलियाली आदिवासीहरुको ईतिहास तथा संस्कृतिलाई नजिकबाट जान्ने अवसरका रुपना लिएका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा दारुग देशका आदिवासी प्रतिनिधि जाई पिटम्यानले अष्ट्रेलियाली आदिवासी संस्कारहरू प्रदर्शन गर्दै मेलमिलाप दिवसको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे जानकारी गराएका थिए ।
उनले सन् १७८० ताका अष्ट्रेलियामा भएको बेलायती उपनिवेशिकरण, त्यसपछिको स्टोलन जेनरेसन (चोरी गरिएका पुस्ताहरू) तथा त्यसको दर्दनाक प्रभावहरूबारे बारे चर्चा गरेका थिए । जाईले मेलमिलाप दिवस सत्य, समझदारी र सम्मानको बाटो रहेको र आफू नेपाली समुदायको उत्साहजनक आतिथ्यबाट निकै प्रभावित भएको बताए ।
अष्ट्रेलिया–नेपाल फ्रेण्डसिप सोसाईटीका अध्यक्ष निरज गौलीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै यस किसिमको सामुदायिक कार्यक्रमले आदिवासी संस्कृति बुझ्ने अवसरका रुपमा आफूले लिएको र यस प्रकारका कार्यक्रमले नेपाली–अष्ट्रेलियाली समुदायहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै मेलमिलापको सन्देश फैलाएन मद्दत गर्ने बताए । रिकन्सिलेसन डे सन् १९६७ को जनमत संग्रहको वार्षिकी मे २७ कै सप्ताह पारी एक हप्ता मनाईन्छ, यो उत्सवले अष्ट्रेलियाली आदिवासीहरुको हक, हित र समान अवसरको वकालत गर्दछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...