‘ह्याप्पी शो अष्ट्रेलिया’ सार्वजनिक

ब्रिसबेन– अष्ट्रेलियाबाट प्रारम्भ गरिएको पहिलो नेपाली टक शो ‘ह्याप्पी शो अष्ट्रेलिया’ औपचारिक रूपमा सार्वजनिक भएको छ । विजय लुइँटेलको नेतृत्वमा थालिएको यो कार्यक्रम नेपाली समुदायको आवाज बुलन्द पार्ने सशक्त माध्यम बन्ने लक्ष्यसहित अगाडि बढाइएको हो ।
कार्यक्रममा अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको प्रेरणादायी सफलताको कथा, व्यक्तिगत संघर्ष तथा समुदायसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तुहरू प्रस्तुत गरिन्छ ।
अष्ट्रेलियामा लगभग दुई लाख नेपालीहरूको बसोबास रहेको वर्तमान परिवेशमा यो शोले प्रवासमा रहेका नेपालीहरूको विविध अनुभव र उपलब्धिहरूलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
ह्याप्पी शो अष्ट्रेलियाले नेपाल र अष्ट्रेलियाबीचको सेतुको रूपमा काम गर्दै शिक्षा, रोजगारी, आप्रवासन, र संस्कृतिजस्ता विषयमा उपयोगी जानकारी प्रदान गर्ने निर्माण पक्षको भनाइ छ ।
कार्यक्रमका सर्जक लुइँटेलका अनुसार यो शोले नेपाली समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने, व्यक्तिहरूलाई सशक्त पार्ने तथा सूचना र संवादमार्फत दुवै देशमा रहेका नेपालीहरूलाई साँचो अर्थमा जोड्ने प्रयास गरिरहेको छ । यो कार्यक्रम युट्युब च्यानल Happy Show Australia मा हेर्न सकिन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...