जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाठौं– गत भदौ २३ तथा २४ गते (सेप्टेम्बर ८ तथा ९) का दिन काठमाडौं लगायत नेपालका अधिकांश भूभागमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएका छन् ।

यो संख्यामा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । प्रदर्शनमा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो भने कैदीमात्रै ९ जना मारिएका छन् । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।