नेपालीहरूको महान् चाड बडादशैँ आजदेखि प्रारम्भ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालीहरूको महान् चाड बडा दशैँ आजदेखि प्रारम्भ सुरु भएको छ । यस अवसरमा दशैँको पहिलो दिन आज असोज ६ गते (२२ सेप्टेम्बर) सोमवार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ ।

दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दशौ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

दशैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।