मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम प्रारम्भ

काठमाडौं– मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम प्रारम्भ गरिएको छ ।
मंगलवार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधवार बिहानैबाट पन्छाउने काम थालिएको हो । पहिरो पन्छाउन बुधवार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ– ‘ पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।’
हाल पहिरोको दुवै तर्फ सवारी साधनहरु चलेका छैनन् । वैकल्पिक सडक प्रयोग गरि यातायात सञ्चालन गरिएको छ । त्रिभुवन राजपथ–नौबिसे–हेटौडा, कान्ति राजमार्ग–सातदोबाटो–भैरब मन्दिर–बगुवा–लेनडाडा–हेटौँडा, कालीगण्डकी कोरिडोरबाट छिरेर गैडाकोट–पाल्पा–राम पुर–भिमाद–तनहुँ, धादिङ–फिर्केखोला–धादिङ बेँशी–सल्यानटार–गोर्खा–आरुघाट–आबु खैरेनी, बुटवल–पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...