शब्दमाला नेपाली भाषा विद्यालयको १६औँ वार्षिक साधारण सभा सम्पन्न
दीपक लामिछानेको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन !

जनसम्पर्क अधिकृतको प्रतिवेदन बिजेन्द्र थपलियाले प्रस्तुत गर्नुभयो भने शैक्षिक प्रतिवेदन शैक्षिक सह-संयोजिका अन्नु मिश्र घिमिरेले प्रस्तुत गर्नुभयो । अहिले विद्यालयमा ६० जना शिक्षक/शिक्षिका रहेका मध्ये ३० जना तालिम प्राप्त प्रशिक्षकहरूले विद्यार्थीलाई अध्यापन गराइरहेको जानकारी दिनुभयो । सभामा विभिन्न शाखाका संयोजक/संयोजिकाहरूले आफ्ना शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए जसमा क्याम्प्सीबाट ईश्वर गौतम, ग्रानभिलबाट मल्लिका शर्मा, म्याक्वेरी फिल्डबाट डा. अर्जिना श्रेष्ठ, द पोन्ड्सबाट हरि पौडेल, वाइटाराबाट रामजी कोइराला, न्युकासलबाट चक्र घिमिरे तथा पेनरिथबाट दिपेन्द्र बानिया सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको अन्त्यमा विद्यालयका लागि वर्षभरि योगदान गर्ने सांस्कृतिक प्रशिक्षक/प्रशिक्षिका तथा स्वयंसेवकहरूलाई प्रशंसा पत्र प्रदान गरियो । साथै शब्दमालाका विद्यार्थी तथा सांस्कृतिक प्रशिक्षिकाहरू आकृति घिमिरे, श्रेया पोखरेल, अलिसा के.सी. र रियाना पौडेलले मनमोहक सांस्कृतिक प्रस्तुति गरेका थिए।
कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष घिमिरेले विद्यालयको प्रगति, भविष्यका योजनाहरू र समुदायले देखाइरहेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।हाल शब्दमाला नेपाली भाषा विद्यालय, अष्ट्रेलियाको न्यू साउथ वेल्सका आठ स्थानमा सञ्चालन हुँदै आएको छ र करिब ४३० जना नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, कला र संस्कृतिको शिक्षा प्रदान गर्दै आएको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि यो विद्यालय नेपाली भाषा, कला र संस्कृति संरक्षण एवं पुस्तान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै आएको छ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...