संसदमा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं— मुख्य राजनीति दलहरुबीच सहमति जुटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार व्यवस्थापिका–संसद् बैठकलाई सम्बोधन गरेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख रुपैयाँ दिनुपर्ने मागसहित संसद बैठक अवरोध गर्दै आएकोमा सत्ता पक्षसंग चार बुँदे सहमतिसंगै बैठक सञ्चालनमा आएको हो ।
बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्ष र दातृ निकायसंग सहमति भएमा भूकम्प पीडितलाई एकमुष्ठ रकम दिने बताएका छन् । प्रधानमन्त्री ओलीको भनाइ छ—‘सरकार किस्ताबन्दीमा होइन एकैमुष्ठमा रकम उपलब्ध गराउने पक्षमा छ तर दातृ निकायसंग सहमति गर्नु पर्नेछ ।’ यसअघि चार बुँदे सहमति गरेको कांग्रेसले प्रधानमन्त्रीको भाषा नबुझिएको भन्दै बीचैमा अवरोध गरेका थिए । त्यसपछि सम्बोधन थालेका प्रधानमन्त्रीले सहमतिमै सरकार अघि बढ्ने बताए । ‘कानूनी भाषामा मात्रै प्रतिपक्ष हो, संगै मिलेर राष्ट्र बनाउने हो । सरकार सहमतिमै अघि बढ्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ रह्यो । प्रधानमन्त्री ओलीले संसद् बैठकमा सम्बोधन गर्नुअघि भूकम्प पीडितलाई एक मुष्ठ डेढ लाख रुपैयाँ तथा किस्ताबन्दीमा ५० हजार रुपैयाँ दिनेगरी सहमति भएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...