तिज मनाउन करिष्मा र मेलिना सिड्नि आउंदै
तिज आउन अझै केहि समय बाँकी छ तर पनि अष्ट्रेलियाको नेपाली समुदायमा तिजको चहलपहल सुरु भैसकेको छ । तिजलाई नै लक्षित गरेर बिभिन्न कार्यक्रमहरु तय भैसकेका छन भने अझै केहि घोषणा हुन बाँकी छन । यसै सन्दर्भमा सिड्निको रकडेलमा अबस्थित नेपमार्टले नेपाली टचको सहकार्यमा तिज कार्यक्रमको आयोजना गरेको छ । यही जुलाई १७ तारिखका दिन हर्सभिलको मरना अडिटरियममा सांझ ६ बजेदेखि कार्यक्रम तय गरिएको छ । कार्यक्रमकोलागि नेपालकी सदाबहार नायिका करिष्मा मानन्धर र सुमधुर स्वरकी गायिका मेलिना राई अष्ट्रेलिया आउंदै छन् ।
लाइभ डिजे, फेशन शो, बिबिध सांस्कृतिक गायन तथा प्रहसन, लक्कि ड्र साथै स्थानिय प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण रहेको आयोजक न्यान्सि पुनले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो । कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि न्यान्सि ०४०३ ७९८ ०१०, दिपेश ०४३१ ५५३ ६२९ वा सोना ०४२० ८५३ ४०४ लाई सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...