नेपाल खुला विश्वविद्यालय विधेयक पारित

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत प्रत्यक्ष सहभागिता रहेको ‘नेपाल खुला विश्वविद्यालय विधेयक–२०७२’ लाई व्यवस्थापिका–संसद्ले बहुमतले पारित गरेको छ । करिव एक दशकअघि नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरेको खुला विश्वविद्यालयको अवधारणा सबैका लागि उच्च शिक्षाको पहुँचका दृष्टिकोणबाट हेर्दा सफल हुने विश्वास गरिएको छ । उक्त विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा नितान्त फरक रहेकाले सोही बमोजिमको व्यवस्थाका आधारमा अघि बढाइनुपर्ने सुझाव छलफलमा सहभागी सांसदहरुले दिएका थिए । ।
बैठकमा सांसदहरु गणेशमान पुन, कमलप्रसाद पंगेनी, रामहरि सुवेदी, वंशीधर मिश्र, जनकराज जोशी, निषाकुमारी साह, प्रेम सुवालले खुला विश्वविद्यालय सञ्चालनका लागि ग्रामीण क्षेत्रसम्म सूचना र प्रविधि विस्तार हुनुपर्ने धारणा राखेका थिए । नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले नियमित अध्ययन गर्न विश्वविद्यालय जान नसक्ने विद्यार्थीलाई ध्यानमा राखेर यो अवधारणा ल्याइएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै ज्ञानमा सबैको पहुँच पुर्याउन खुला विश्वविद्यालयको अवधारणा ल्याइएको स्पष्ट पारेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...