नेपाल खुला विश्वविद्यालय विधेयक पारित
काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत प्रत्यक्ष सहभागिता रहेको ‘नेपाल खुला विश्वविद्यालय विधेयक–२०७२’ लाई व्यवस्थापिका–संसद्ले बहुमतले पारित गरेको छ । करिव एक दशकअघि नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरेको खुला विश्वविद्यालयको अवधारणा सबैका लागि उच्च शिक्षाको पहुँचका दृष्टिकोणबाट हेर्दा सफल हुने विश्वास गरिएको छ । उक्त विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा नितान्त फरक रहेकाले सोही बमोजिमको व्यवस्थाका आधारमा अघि बढाइनुपर्ने सुझाव छलफलमा सहभागी सांसदहरुले दिएका थिए । ।
बैठकमा सांसदहरु गणेशमान पुन, कमलप्रसाद पंगेनी, रामहरि सुवेदी, वंशीधर मिश्र, जनकराज जोशी, निषाकुमारी साह, प्रेम सुवालले खुला विश्वविद्यालय सञ्चालनका लागि ग्रामीण क्षेत्रसम्म सूचना र प्रविधि विस्तार हुनुपर्ने धारणा राखेका थिए । नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले नियमित अध्ययन गर्न विश्वविद्यालय जान नसक्ने विद्यार्थीलाई ध्यानमा राखेर यो अवधारणा ल्याइएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै ज्ञानमा सबैको पहुँच पुर्याउन खुला विश्वविद्यालयको अवधारणा ल्याइएको स्पष्ट पारेका थिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...