देशभरी अविरल वर्षा, राजमार्ग अवरुद्ध

काठमाडौं— बिहिबार रातीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेपछि विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढको सडकखण्डका विभिन्न स्थानमा ठूलो पहिरो खसेपछि राती देखि नै कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । ठाउँ–ठाउँमा पहिरो खसेकाले उक्त सडकखण्ड शुक्रबार दिनभरी बन्द हुने सम्भावना छ । धेरै ठाउँमा पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि हजारौं यात्रु अलपत्र परेका छन् । झरी परेकाले पहिरो हटाउन कठिनाई भएको छ । नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
यसबाहेक अविरल वर्षापछि आएको पहिरोले रसूवाको पासाङल्हामु राजमार्ग पनि अवरूद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जोखिम मोलेर गाडी नचलाउन आग्रह गरेका छन् । राजमार्ग अवरूद्ध भएपछि लामो तथा छोटो दूरीमा चल्ने सबै गाडी सदरमुकाम धुन्चेमा रोकिएका छन् । दोलखाको लाकुरीडाँडा ९ झिँगानेमा पहिरो खस्दा चरिकोटबाट काठमाडौं आउने जाने सवारीसाधन त्यतै रोकिएका छन् ।
अविरल वर्षाकै कारण राजधानी काठमडौंको ट्राफिक व्यवस्था समेत अस्तव्यस्त भएको छ । यता मौसम विभागले आज शुक्रवार, भोलि शनिवार तथा पर्सी आईतबार पनि देशभरी वर्षा भैरहने पूर्वानूमान गरेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...