देशभरी अविरल वर्षा, राजमार्ग अवरुद्ध

काठमाडौं— बिहिबार रातीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेपछि विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढको सडकखण्डका विभिन्न स्थानमा ठूलो पहिरो खसेपछि राती देखि नै कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । ठाउँ–ठाउँमा पहिरो खसेकाले उक्त सडकखण्ड शुक्रबार दिनभरी बन्द हुने सम्भावना छ । धेरै ठाउँमा पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि हजारौं यात्रु अलपत्र परेका छन् । झरी परेकाले पहिरो हटाउन कठिनाई भएको छ । नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
यसबाहेक अविरल वर्षापछि आएको पहिरोले रसूवाको पासाङल्हामु राजमार्ग पनि अवरूद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जोखिम मोलेर गाडी नचलाउन आग्रह गरेका छन् । राजमार्ग अवरूद्ध भएपछि लामो तथा छोटो दूरीमा चल्ने सबै गाडी सदरमुकाम धुन्चेमा रोकिएका छन् । दोलखाको लाकुरीडाँडा ९ झिँगानेमा पहिरो खस्दा चरिकोटबाट काठमाडौं आउने जाने सवारीसाधन त्यतै रोकिएका छन् ।
अविरल वर्षाकै कारण राजधानी काठमडौंको ट्राफिक व्यवस्था समेत अस्तव्यस्त भएको छ । यता मौसम विभागले आज शुक्रवार, भोलि शनिवार तथा पर्सी आईतबार पनि देशभरी वर्षा भैरहने पूर्वानूमान गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...