एएनएको ३३औँ अधिवेशनमा जर्जियाको एटलान्टामा शुरु

अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको ३३औँ अधिवेशनमा जर्जिया राज्यको एटलान्टामा शुरु भएको छ । कार्यक्रममा नेपालबाट काँग्रेसका नेता गगन थापा र एमालेका रविन्द्र अधिकारीको सहभागिता रहेको छ ।
नेता थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन । उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्ने विचार राखे । त्यसैगरी एमालेका नेता रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गरे ।
युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनाबद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले र्पुयाएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताए । कार्यक्रममा अमेरिकामा बस्ने ठुलो सख्याका नेपालीहरुको उपस्थिति रहेको छ ।
आजबाट सुरु भएको तीनसम्म चल्ने सम्मेलनमा विभिन्न साँस्कृतिक र खेलकुद कार्यक्रमसमेत रहेका छन ।
पछिल्लो समय अमेरिकामा नेपालीहरुको सख्या बढेसंगै विभिन्न समुह र संगठनहरुले गर्ने कार्यक्रमहरुको संख्यामा निकै बढोत्तरी हुँदै गएको छ । अमेरिकामा रहेका नेपालीहरुको अनुमानित ५ सय भन्दा बढी विभिन्न नामका संघसंस्थाहरु रहेको बताईन्छ । तिनिहरुको हप्ते बिदाको सहित कार्यक्रमहरु जोड्ने हो भने त कति कार्यक्रमहरु हुन्छन त्यसको कुनै लेखाजोखा नै हुँदैन तर पनि केहि ठुला भनिएका संस्थाहरुको पनि कार्यक्रम गर्ने होडबाजीले यतिखेर नेपालीहरुको हप्ते बिदा व्यवस्थापन गर्न हम्मे हम्मे पर्न थालेको छ । आगामी तीन महिनामा गैरआवासिय नेपाली संघदेखि नासा, एन्मा, एएनए, नेपाली अमेरिकन सम्मेलन, नेपाल एक्चिविसन एण्ड ट्रेड सो जस्ता ठुला कार्यक्रम गर्ने होडाबजी नै चल्न थालेको छ । त्यसमा पनि नेपालमा भएका राजनीतिक दलहरुको शाखा र जातीय एवं क्षेत्रिय संस्थाहरुको पनि नियमित जसो कार्यक्रमहरु हुने गरेका छन । यस्ता खाले कार्यक्रमहरुबाट एकातिर नेपाली समुदायहरुबीच अन्र्तक्रिया हुने र समुदायमा एकता कायम हुनेत छंदैछ तर प्रवासमा राजनीति गर्ने फोहोरी चलनले अलि बढी ग्रसित हुँदै गएको आरोप लाग्न थालेको छ ।
नेपाली समुदायको साझा संस्थाको रुपमा स्थापित एनआरएनको विश्व क्षेत्रिय भेला आगामी अगष्ट्र २७ र २८ न्यूजर्सिमा हुँदैछ । त्यसको तयारी धमाधम भैरहेको र केहि व्यवस्थापकिय कार्यहरु बाँकी रहेको एनआरएनका क्षेत्रिय सहसंयोजक एसी शेर्पाले बताए । तयारीका लागि एनआरएन अमेरिका, क्यानडा र क्षेत्रिय समिति दिनरात खटिरहेका छन । विश्वभरीबाट सम्मेलनमा गैरआवासिय नेपालीहरुले सहभागीता जनाउनेछन । सो क्षेत्रिय सम्मेलनको अर्को मुख्य आकर्षण प्रमुख अतिथिका रुपमा अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटबाट उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई आमन्त्रण गरिएको छ । यद्यपि आउने निश्चित भएको छैन । कार्यक्रमका लागि यसैगरी एन्मा नासाको सयूक्त १२ औ सम्मेलन सेप्टेम्बर २ देखि ४ मा सेन्ट लुईस मिजौरीमा हुँदैछ । तयारीका लागि खटिएका बलराम पन्थि, विमल नेपाल र शुसिल शर्माले नेपालीहरुको बृहत कार्यक्रम भएकोले अमेरिकामा रहेका नेपालीहरुलाई सहभागीताका लागि संयूक्त आव्हान गरेका छन । उता नेपालीहरुले खोलेको संस्था नासाको २५ बर्ष पुरा भएकोमा रजतजयन्ती मनाउने कार्यक्रम पनि अक्टोबर पहिलो हप्ता तय भएको र तयारीका विविध कामहरु भैरहेको नासाका महासचिव तथा तयारी समितिका सदस्यसचिव शिब विष्टले बताए ।
त्यसैगरी प्रथम नेपाली अमेरिकन सम्मेलन जुलाई २ देखि ४ मा लसएन्जलसमा हुँदैछ । सो कार्यक्रममा विविध खेलकुददेखि भाषा संस्कृति एवं प्रतियोगितात्मक कार्यक्रमहरु हुनेछन । वल्ड विजनेस मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले नेपाल एक्चिविसन एण्ड बिजनेस ट्रेड सो सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म न्यूयोर्कमा हुने भएको छ । त्यसमा नेपालबाट व्यापारी तथा व्यवसायीहरु आउने कार्यक्रम रहेको छ । एएनए कन्भेन्सनमा नेपथ्य ब्याण्ड आएका छन भने नासा एन्माको संयूक्त सम्मेलनमा पनि नेपालको चर्चित ब्याण्ड १९७४ एडी आउने निश्चित भएको छ । यस्ता कार्यक्रमहरुमा स्थानीय तहमा रहेका नेपाली कलाकार र नेपालबाट अतिथिका रुपमा अन्य कलाकारहरु पनि बोलाउने पुरानै चलन हो । यसबाट विदेशमा रहेर परिबारबाट टाढा रहेका नेपालीहरुले व्यस्त समयका बावजुद मनोरन्जन प्राप्त गर्नेछन । यी यस्ता कार्यक्रहरु धेरै नेपाली समुदाय समावेस भएको संस्थाहरु हुन तर हप्तैपिच्छे हुने साना र सामुदायिक कार्यक्रमहरुको कुनै लेखाजोखा नै छैन । यसले नेपाली समुदाय धेरै भएको राज्यहरुमा नेपाली गाउँ नै बनेको छ । त्यसको ताजा उदाहरण हो मेरिल्याण्डमा ड्राईभर लाईसेन्सको जाँच दिनु पर्दा अब नेपाली भाषामा पनि दिन पाईने व्यवस्था स्थानीय सरकारले गरेको छ । नेपालीहरुको जनसख्या बढेपछि स्थानीय सरकारले त्यो व्यवस्था गरेको बताईएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



