मोर्चाको वहिष्कार कायमै

काठमाडौं— संविधानप्रति फरक धारणा राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले व्यवस्थापिका–संसद्को आज सोमबारको बैठक पनि बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
त्यसको लगत्तै सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाए । आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने पक्षलाई हेक्का राख्न चेतावनी दिँदै उनले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको भनी आलोचना गरे । मोर्चाले उठाएका माग पूरा नभएसम्म सदनको बैठक बहिष्कार गर्ने कार्य जारी रहने जानकारी दिँदै बैठकबाट उनीगायत मोर्चासँग आबद्ध सांसदहरु बाहिरिएका थिए ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...