प्युठानमा ज्यानमारा पहिरो, आठको निधन

प्युठान- प्युठानमा सोमबार राती पहिरोले पुरिँदा ८ जनाको निधन भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार प्युठानको रजवारामा ५ जना र पूजा गाविसमा ३ जनाको घटनास्थलमै निधन भएको हो। मृत्यु हुनेमा रजवारा–३, नेटामा ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ल र उनका ३ सन्तान १० वर्षीया सुशीला मल्ल, ४ वर्षीया लेखा मल्ल र डेढ वर्षीयासिर्जना मल्ल छन्। मल्ल परिवारका ३ जना भने सकुसल छन् । एक जना छिमेकीको घरमा बस्न गएकाले बाँच्न सफल भएको र अन्य २ जना घर बाहिर बार्दलीमा सुतेकाले पहिरो आएको थाहा पाएर भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।
त्यसैगरी पूजा–३, बाग्लीवाङमा पहिरोले पुरिएर ३ जनाको ज्यान गएको हो। मुत्यु हुनेमा हुमबहादुर सुनार, उनकी श्रीमती र ७ वर्षीया छोरी छन्। थप विवरण आउन बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी, जिल्ला प्रशासन, रेडक्रस लगायतको टोली स्थलगत बुझ्नको लागि बाटोमा जाँदैछ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक रञ्जितसिँह राठौँरसहितको टोली उद्धारका लागि घटनास्थल जाँदैछन्। बाग्लुङको सीमानासँग जोडिएको दुर्गम गाविस रजवारा सरमुकाम खलंगादेखि १७ कोष दूरीमा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक राठौँरले बताए । जिल्लामा रातिदेखि अवरिल वर्षात भइरहेको छ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...