प्युठानमा ज्यानमारा पहिरो, आठको निधन

प्युठान- प्युठानमा सोमबार राती पहिरोले पुरिँदा ८ जनाको निधन भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार प्युठानको रजवारामा ५ जना र पूजा गाविसमा ३ जनाको घटनास्थलमै निधन भएको हो। मृत्यु हुनेमा रजवारा–३, नेटामा ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ल र उनका ३ सन्तान १० वर्षीया सुशीला मल्ल, ४ वर्षीया लेखा मल्ल र डेढ वर्षीयासिर्जना मल्ल छन्। मल्ल परिवारका ३ जना भने सकुसल छन् । एक जना छिमेकीको घरमा बस्न गएकाले बाँच्न सफल भएको र अन्य २ जना घर बाहिर बार्दलीमा सुतेकाले पहिरो आएको थाहा पाएर भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।
त्यसैगरी पूजा–३, बाग्लीवाङमा पहिरोले पुरिएर ३ जनाको ज्यान गएको हो। मुत्यु हुनेमा हुमबहादुर सुनार, उनकी श्रीमती र ७ वर्षीया छोरी छन्। थप विवरण आउन बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी, जिल्ला प्रशासन, रेडक्रस लगायतको टोली स्थलगत बुझ्नको लागि बाटोमा जाँदैछ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक रञ्जितसिँह राठौँरसहितको टोली उद्धारका लागि घटनास्थल जाँदैछन्। बाग्लुङको सीमानासँग जोडिएको दुर्गम गाविस रजवारा सरमुकाम खलंगादेखि १७ कोष दूरीमा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक राठौँरले बताए । जिल्लामा रातिदेखि अवरिल वर्षात भइरहेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...