प्रथम नेपलीज् अमेरिकन सम्मेलन लसएन्जलसमा सम्पन्न

न्यूयोर्क, जुलाई २ देखि ४ सम्म लसएन्जेलसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलीज् अमेरिकन सम्मेलन सम्पन्न भएको छ ।
युवाहरुको नेतृत्वमा संचालन गरिएकोे तीन दिने सम्मेलनमा नेपालबाट यूवा नेता विश्वप्रकाश शर्मा, अर्थविद डा स्वर्णिम वाग्ले, प्रहरीका चर्चित अफिसर सर्वेन्द्र खनाल, अमेरिकी राष्ट्रपति बाराक ओबामाकी दक्षिण एसिया हेर्ने सल्लाहकार समितिकी सदस्य संजिता प्रधानलगायतको उपस्थिति रहेको थियो ।
अमेरिका रहेका युवा तथा दोश्रो पुस्ताका नेपाली अमेरिकनहरुलाई नेपाली कला संस्कृति र नेपालका विविध विषयमा जानकारी दिनुका साथ अमेरिकाको मुलधारमा समाहित गर्ने हिसावले सञ्चालन गरिएको सम्मेलनको आयोजना गरेको युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले बताए ।
उद्घाटन कार्यक्रममा नेपालबाट आएका युवा नेता विश्व प्रकास शर्मा, अर्थविद् डा स्वर्णिम वाग्ले, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, र सञ्चिता प्रधानसंग सहभागीहरुले नेपाल तथा अमेरिकाका विषयसमा प्रत्यक्ष अनुभव आदन प्रदान गरेका थिए । सहभागी वक्ताहरुले नेपाल र नेपालीका अमेरिकामा संभावना र चुनौतिका बारेमा मन्तव्य राखेका थिए । तीन दिनसम्म चलेको सम्मेलनमा खेलकुदमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबुल टेनिस, सकर, गल्फलगायतका प्रतियोगितात्मक खेलहरुमा नेपालीहरुको उत्साहजनक सहभागीता रहेको आयोजक युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले बताए । जसमा जित्ने खेलाडीहरुले १५ सयदेखि ५ हजार डलरसम्मको आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन । खेलमा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागीता रहेको थियो ।
सम्मेलन अबधिभर बिशेष साँस्कृतिक कार्यक्रमहरु, नेपालका हास्यकलाकार सन्दिप क्षेत्री, स्थानीय कलाकारहरु, नायिका प्रियंका कार्की, फिरोज स्याङ्गदेन, दिवस गुरुङ , गायक बिपुल क्षेत्री तथा टोलिले सांगीतिक प्रस्तुति गरेको थियो । कार्यक्रमको मुख्य आकर्षण भनेको प्रथम नेपलीज अमेरिकन सम्मेलनमा पहिलो पटक नेपाली संस्कार झल्कीने भेषभुषा प्रदर्शन पनि गरिएको थियो ।
आगामी नेपलिज् अमेरिकन सम्मेलन २०१७ मा टेक्सासको डालसमा र २०१८ मा न्युयोर्कमा हुने पनि आयोजक लामाले बताए । कार्यक्रममा गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक सोनाम लामा, सहसंयोजक एसी शेर्पा, एनआरएन पर्यटन प्रर्वद्धन समितिका सहसंयोजक पासाड लामा, गौरी जोशी र समिर महर्जनलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बर्षको एक पटक गरिने यस्ताखाले रचनात्मक खेलकुद, साँस्कृतिक क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल, सहकार्यको भावना, सामाजिक सम्बन्ध कÞायम हुने भएकोले कार्यक्रम गर्न लागिएको लामाले बताए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...