कोइरालाको स्वास्थ्यमा प्रभावकारी सुधार
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक तथा प्रभावकारी सुधार आएको छ । शुक्रवार दिउँसो उनले जूस समेत पिएका छन् । ओम अस्पतालले जनाए अनुसार कोइरालाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन थालिएको हो । उपचारमा संलग्न चिकित्सकले उनको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको जानकारी दिएका छन् ।
तीन दिनअघि एक्कासि स्वास्थ्य बिग्रिएपछि कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसंगै हिजो बिहिबारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा.लव जोशीले कोइरालालाई कुनै संक्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिएका छन् । श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा.कोइरालालाई तीन दिनअघि ओम अस्पतालमा भर्ना गरिएको हो । बिहिबार बिहान वान्ता भएर त्यो सर्किएर फोक्सोमा पुगेपछि कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...