कोइरालाको स्वास्थ्यमा प्रभावकारी सुधार

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक तथा प्रभावकारी सुधार आएको छ । शुक्रवार दिउँसो उनले जूस समेत पिएका छन् । ओम अस्पतालले जनाए अनुसार कोइरालाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन थालिएको हो । उपचारमा संलग्न चिकित्सकले उनको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको जानकारी दिएका छन् ।
तीन दिनअघि एक्कासि स्वास्थ्य बिग्रिएपछि कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसंगै हिजो बिहिबारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा.लव जोशीले कोइरालालाई कुनै संक्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिएका छन् । श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा.कोइरालालाई तीन दिनअघि ओम अस्पतालमा भर्ना गरिएको हो । बिहिबार बिहान वान्ता भएर त्यो सर्किएर फोक्सोमा पुगेपछि कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...