गायिका र नायिकासँग यसपालीको तीज

नेपालीहरुको दशैंतिहार जस्ता चाडपर्वमा नेपाली कलाकारहरु तथा गायक गायिकालाई बोलाएर कार्यक्रम गर्नु अब सामान्य बनेको छ । यसै क्रममा यसबर्षको तीजमा पनि नेपालका चर्चित गायक गायिका र नायिकाहरुसँग अष्ट्रेलियाका नेपाली महिलाहरुले तीज मनाउन पाउने भएका छन् ।
नेपालकी चर्चित नायिका करिश्मा मानन्धर, लोक गायिका तथा तीज गीतमा बिशेषत ख्याती कमाएकी गायिका कोमल वली, गायक पशुपति शर्मा, मञ्जु पौडेल, मेलिना राई अष्ट्रेलियाका शहरहरुमा कार्यक्रम गर्न आउने भएका छन् । नेपाली टच र नेपमार्टले करिश्मा र मेलिनालाई, नारी निकुञ्जले कोमल वलीलाई, बिएमएस फिल्मसले पशुपति शर्मा र मञ्जु पौडेललाई अष्ट्रेलियामा कार्यक्रमका लागि निम्ता दिएको हो । कलाकार तथा गायक गायिकाहरुसँको यसपालिको तीज पहिलेको भन्दा धमाकेदार हुने आयोजकहरुले दाबी गरेका छन् ।
करिश्मा र मेलिनाको कार्यक्रम जुलाईको १७ तारिखमा मराना अडिटोरियममा हुदैछ भने सोही स्थानमा जुलाईको ३० तारिखमा पशुपति र मञ्जुको कार्यक्रम हुदैछ । यसैगरि नारी निकुञ्जले भने कोमल वलीको कार्यक्रम अगष्टको ६ तारिखमा ग्रानभिलस्थित ब्लोउजा हलमा आयोजना गर्दैछ । नेपाली टचका दीपेश पुनले करिश्मा मानन्धरलाई नेपाली कला र चलचित्र क्षेत्रमा पुरयाएको योगदान स्वरुप बिशेष सम्मान गरिने जानकारी दिए ।
विगत केही समयदेखि कलाकारहरुलाई अष्ट्रेलिया बोलाएर कार्यक्रम गर्नु सामान्य जस्तै बनेको छ । जसमा कुनै संस्थाहरुले सामाजिक कार्यको प्रयोजन भनेर निम्त्याउने गरेका छन भने केहीले ब्यवसायिक रुपमा समेत बोलाउने गरेका छन् । अर्काेतिर कलाकारहरु समेत अष्ट्रेलियामा कार्यक्रम गर्नका लागि उत्साहित हुने गरेको आयोजकहरु बताउछन ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...