गायिका र नायिकासँग यसपालीको तीज

नेपालीहरुको दशैंतिहार जस्ता चाडपर्वमा नेपाली कलाकारहरु तथा गायक गायिकालाई बोलाएर कार्यक्रम गर्नु अब सामान्य बनेको छ । यसै क्रममा यसबर्षको तीजमा पनि नेपालका चर्चित गायक गायिका र नायिकाहरुसँग अष्ट्रेलियाका नेपाली महिलाहरुले तीज मनाउन पाउने भएका छन् । 
नेपालकी चर्चित नायिका करिश्मा मानन्धर, लोक गायिका तथा तीज गीतमा बिशेषत ख्याती कमाएकी गायिका कोमल वली, गायक पशुपति शर्मा, मञ्जु पौडेल, मेलिना राई अष्ट्रेलियाका शहरहरुमा कार्यक्रम गर्न आउने भएका छन् । नेपाली टच र नेपमार्टले करिश्मा र मेलिनालाई, नारी निकुञ्जले कोमल वलीलाई, बिएमएस फिल्मसले पशुपति शर्मा र मञ्जु पौडेललाई अष्ट्रेलियामा कार्यक्रमका लागि निम्ता दिएको हो । कलाकार तथा गायक गायिकाहरुसँको यसपालिको तीज पहिलेको भन्दा धमाकेदार हुने आयोजकहरुले दाबी गरेका छन् ।
करिश्मा र मेलिनाको कार्यक्रम जुलाईको १७ तारिखमा मराना अडिटोरियममा हुदैछ
भने सोही स्थानमा जुलाईको ३० तारिखमा पशुपति र मञ्जुको कार्यक्रम हुदैछ । यसैगरि नारी निकुञ्जले भने कोमल वलीको कार्यक्रम अगष्टको ६ तारिखमा ग्रानभिलस्थित ब्लोउजा हलमा आयोजना गर्दैछ । नेपाली टचका दीपेश पुनले करिश्मा मानन्धरलाई नेपाली कला र चलचित्र क्षेत्रमा पुरयाएको योगदान स्वरुप बिशेष सम्मान गरिने जानकारी दिए ।
विगत केही समयदेखि कलाकारहरुलाई अष्ट्रेलिया बोलाएर कार्यक्रम गर्नु सामान्य जस्तै बनेको छ । जसमा कुनै संस्थाहरुले सामाजिक कार्यको प्रयोजन भनेर निम्त्याउने गरेका छन भने केहीले ब्यवसायिक रुपमा समेत बोलाउने गरेका छन् । अर्काेतिर कलाकारहरु समेत अष्ट्रेलियामा कार्यक्रम गर्नका लागि उत्साहित हुने गरेको आयोजकहरु बताउछन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...