यो आर्थिक वर्षको बजेट पारित

काठमाडौं—व्यवस्थापिका संसदले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित गरेको छ । विधेयकमाथि व्यवस्थापिका संसदमा सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिएपछि विधेयक पास भएको हो । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक– २०७३ लाई पारित गरियोस्’ भनि गरेको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको हो । योसंगै आगामी आर्थिक वर्ष लागे लगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला भएको छ ।
यसअघि असार मसान्तमा बजेट पेश गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेश्की विधेयकबाट खर्त गर्ने परम्परा थियो तर नयाँ संविधानमा जेठ १५ मा नै बजेट पेश गर्ने व्यवस्था गरेपछि सहज भएको छ ।
विनियोजन विधेयक पास गर्नु्अघि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले आफ्ना मन्त्रालयको विनियोजित रकम र योजनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
बजेटसंग सम्वन्धित अन्य विधेयक पास हुने प्रक्रियामा छन् । आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत विधेयक (एक्काईसौं संशोधन) २०७३ लाई स्वीकृत गरी शनिबारकै बैठकमा सैद्धान्तिक छलफल सकिएको छ ।
सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि गत महिना १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...