यो आर्थिक वर्षको बजेट पारित

काठमाडौं—व्यवस्थापिका संसदले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित गरेको छ । विधेयकमाथि व्यवस्थापिका संसदमा सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिएपछि विधेयक पास भएको हो । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक– २०७३ लाई पारित गरियोस्’ भनि गरेको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको हो । योसंगै आगामी आर्थिक वर्ष लागे लगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला भएको छ ।
यसअघि असार मसान्तमा बजेट पेश गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेश्की विधेयकबाट खर्त गर्ने परम्परा थियो तर नयाँ संविधानमा जेठ १५ मा नै बजेट पेश गर्ने व्यवस्था गरेपछि सहज भएको छ ।
विनियोजन विधेयक पास गर्नु्अघि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले आफ्ना मन्त्रालयको विनियोजित रकम र योजनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
बजेटसंग सम्वन्धित अन्य विधेयक पास हुने प्रक्रियामा छन् । आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत विधेयक (एक्काईसौं संशोधन) २०७३ लाई स्वीकृत गरी शनिबारकै बैठकमा सैद्धान्तिक छलफल सकिएको छ ।
सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि गत महिना १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...