म अहिले पनि उत्तिकै हट छु : बिनिता बराल, नायिका/लेखिका

जम्मा एउटा फिल्ममा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमै स्थापित हुन सफल अभिनेत्री हुन् बिनिता बराल । पछिल्लो एक वर्षदेखि उनी अभिनयमा छैनन् । उच्च शिक्षा अध्ययनका लागि विगत एक वर्षदेखि अमेरिकामा रहेकी बिनिता यतिबेला स्वदेश फर्किएकी छिन् । करिव दुई महिनाको यो बसाइमा बिनिताले आफूलाई लेखिकाको रुपमा प्रस्तुत गर्दैछिन् । बिनिताले लेखेको पहिलो उपन्यास ‘जुईनो’ चाँडै नै पाठकसमक्ष पुग्दैछ । ‘चपली हाइट’ पछि ‘फूलस्टप’, ‘सुपरहिट’ तथा ‘उमंग’ जस्ता फिल्ममा अभिनय गरिसकेकी बिनिता आफ्नो चौथो फिल्म ‘उमंग’ को रिलिजको पखाइमा समेत छिन् । अमेरिका प्रस्थान गर्नुअघि काठमाडौं नजिककैको एउटा गाउँमा कृषि फार्म स्थापना गरेर व्यवसायिक तरकारी खेती समेत थालेकी बिनिता दुई वर्षअघि नेपाल फर्किएर पुन: अभिनय तथा तरकारी खेतीमा व्यस्त हुने बताउँछिन् । नेपाल आएर उपन्यास सार्वजनिक गर्ने चटारोका बीच बिनिताले द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईसंग ‘हट टक’ गर्ने समय निकालेकी छिन् ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
कृषि तथा प्रेममा आधारित मेरो पहिलो उपन्यास ‘जुइनो’ बजारमा ल्याउने अन्तिम तयारीमा छु । केही दिनभित्रै उक्त पुस्तक सार्वजनिक हुनेछ ।
अमेरिकामा के गरिरहनु भएको छ ?
म अध्ययनका लागि अमेरिका गएकी हुँ । विगत दश महिनादेखि म अमेरिकाको जर्जिया राज्यको एट्लान्टास्थित हर्जिन यूनिभर्सिटीमा एमबिए अध्ययनरत छु ।
पढाइ सिध्याएर स्वदेश फर्किने कि उतै सेटल हुने ?
पढाइ सकिएको भोलिपल्टै म स्वदेश फर्किनेछु । स्वदेशमा मेरो आफ्नै करियर छ, पेशा छ । म अध्ययनका लागि मात्र अमेरिका गएकाले ढुक्कले उतै बस्ने कुनै योजना छैन ।
घरबार बसाउने बारेमा के सोच्नु भएको छ ?
त्यो पनि पढाइ पुरा गरेपछि मात्र गर्ने विचार गरेकी छु । दुई वर्षपछि नेपाल फर्किएर प्रेम विवाह गर्नेछु ।
भनेपछि अहिले प्रेममा हुनुहुन्छ ?
छैन, तपाईं पत्याउनु होस् अथवा नपत्याउनु होस्, म अहिले सिंगल छु ।
सिंगल त हुनुहुन्छ, चपली हाइटकी नायिका झैं हट हुनुहुन्छ कि हुन्न ?
म जहिले पनि हट नै छु नि । फिल्मको पर्दामा होस् अथवा वास्तविक जीवनमा, म सधैं हट नै भैरहन मन पराउँछु ।
विगतमा त प्रेममा भएको चर्चा थियो ?
मैले भनेँ नि, म अहिले बिल्कुलै सिंगल छु । विगतको बारेमा मलाई खासै कुराकानी गर्न मन लाग्दैन । भविष्य त कसले देखेको छ र ?
भनेपछि नेपाल फर्किएर प्रेम गरेपछि मात्र विवाह गर्ने ?
त्यस्तै भन्नु पर्यो ।
अनि, फिल्ममा आउने कि नआउने ?
आउने, शत प्रतिशत आउने । मैले फिल्मकै कारण दर्शकमाझ एउटा छाप बनाएकी छु । व्यापार–व्यवसायमा सक्रिय रहे पनि अभिनयलाई चाहिँ म कहिले छाड्दिन ।
तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ?
म एउटी कलाकार हुँ, जो यतिबेला आफ्नो अनुभव लेख्ने प्रयास गरिरहेकी छिन् ।
पहिला त तपाईं ‘चपली गर्ल’ भन्न रुचाउनु हुन्थ्यो, होइन र ?
‘चपली हाइट’ फिल्मकी नायिका भएपछिको परिचय हो त्यो, अहिले पनि मलाई धेरैले त्यही भन्छन् । तर, अहिले परिचयको दायरा बढेको छ, अब ‘जुइनो लेडी’ भनेर बोलाएको मनपर्छ ।
‘चपली हाइट’ को सिक्वेलमा नदेखिने कारण ?
त्यो फिल्मको सुटिङको बेला म नेपालमै थिइन । नेपालमा भएकी भए पनि म त्यसमा हुन्न थिएँ, किनभने त्यो फिल्मको निर्माण पक्षसंग मेरो सम्बन्ध राम्रो छैन ।
‘चपली हाइट’ पछिका तपाईंका फिल्महरु चलेनन् नि ?
मेरो मेहनतमा कुनै कमि थिएन, व्यवसायिक रुपमा सफल हुनु अथवा नहुनुमा हामी कलाकारको कुनै भूमिका हुँदैन ।
नायिकाको रुपमा स्थापित बिनितालाई लेखिका बन्ने जाँगर कसरी पलायो ?
सानैदेखि फिल्ममा नायिका बन्ने रहर थियो तर मभित्र लेखिका बन्न सक्ने क्षमता पनि रहेछ । अहिले त्यही क्षमता बाहिर आएको हो ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...