धादिंग समाज अस्ट्रेलियामा पूर्णता

सिड्नी वर-पर रहेका धादिंगबासी नेपालीहरु भेला भइ २०१४ सेप्टेम्बरमा बनेको धादिंग समाज अस्ट्रेलियाले हाल सालै पूर्णता पाएको छ । हालै बसेको संस्थाको बिशेष भेलाले समाजका बर्तमान संयोजक किरण अधिकारीलाई आगामी २ बर्षको लागि संस्थाको अध्यक्षको जिम्मेवारी दिएको छ । गत १० जुलाईको दिन बसेको भेलाले समाजका अन्य पदहरु थप र फेर बादल गरि पूर्ण कार्य समितिको घोषणा पनि गरेको छ । जस अनुसार अध्यक्ष-किरण अधिकारी, उपाध्यक्ष-अर्जुन के सी, सचिब-सबिन थपलिया, कोषाध्यक्ष-राधिका बानिया, सहसचिब-प्रमिता शर्मा र सहकोषाध्यक्ष- अकला थपलिया रहनु भएको छ। त्यस्तै गरि समाजका कार्यकारी सदस्यहरुमा अशिम लम्साल, दिनेश कार्की, अर्जुन गिरी, गीता लम्साल ओझा, दिपेश सिम्खडा, सनीता त्रिपाठी, मिरा ढकाल, यज्ञ अधिकारी, महेन्द्र श्रेष्ठ, रुपेश सिम्खडा र दिपक ओझा रहनु भएको छ त्यसै गरि संस्थाका सल्लाहाकारहरुमा प्रतिक्षा पाण्डे, उदय लोहनी, जनक पान्डे, दिपक धमला र दिपक सिम्खडा रहनुभएको छ ।
भेलाको समापन संगै द नेपाली टाईम्स अस्ट्रेलिया सँग कुरा गर्दै बिगतमा जस्तै समाज बिबिध परोपकारी एबम सामाजिक कार्यमा आझै सक्रिय भएर लाग्ने र समुदायका अन्य संघ संस्था सँग हातेमालो गर्दै आगाडी बढ्ने नबनिर्बाचित अध्यक्ष किरण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार संस्थाको परिकल्पना र तदर्थ समिति गठन संगै समाजले बिगतमा धेरै परोपकारी कार्यहरुमा सक्रिय थियो । भुकम्पबाट प्रभाबित स्कूल पुनर्निर्माण, पैसाको अभाबमा परेका बिरामीको लागि आर्थिक सहयोग र सिड्नीमा निधन भएका बिधार्थी स्व मिलनको शब नेपाल पठाउने लागएत बिबिध परोपकारी कार्यहरु हालै समाजबाट भएका केहि सहयोगी कार्यहरु हुन् ।
समाजले अगस्ट १३ शनिवारको दिन ओलम्पिक पार्कमा एक बार्बिक्यू सहितको ‘ग्रीट एन्ड मीट धदिङे’ कार्यक्रमको आयोजना पनि गर्दैछ, त्यसै गरि समाजको सदस्य हुनेहरुको लागि अनलाइन रजिस्ट्रेसन फर्मको सुरुवात गर्ने जसबापत साधारण सदस्यको लागि १० डलर ऊठाई तत्कालको लागी केही फन्ड रेज गर्ने पनि निर्णय गरेको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...