धादिंग समाज अस्ट्रेलियामा पूर्णता

सिड्नी वर-पर रहेका धादिंगबासी नेपालीहरु भेला भइ २०१४ सेप्टेम्बरमा बनेको धादिंग समाज अस्ट्रेलियाले हाल सालै पूर्णता पाएको छ । हालै बसेको संस्थाको बिशेष भेलाले समाजका बर्तमान संयोजक किरण अधिकारीलाई आगामी २ बर्षको लागि संस्थाको अध्यक्षको जिम्मेवारी दिएको छ ।
गत १० जुलाईको दिन बसेको भेलाले समाजका अन्य पदहरु थप र फेर बादल गरि पूर्ण कार्य समितिको घोषणा पनि गरेको छ । जस अनुसार अध्यक्ष-किरण अधिकारी, उपाध्यक्ष-अर्जुन के सी, सचिब-सबिन थपलिया, कोषाध्यक्ष-राधिका बानिया, सहसचिब-प्रमिता शर्मा र सहकोषाध्यक्ष- अकला थपलिया रहनु भएको छ। त्यस्तै गरि समाजका कार्यकारी सदस्यहरुमा अशिम लम्साल, दिनेश कार्की, अर्जुन गिरी, गीता लम्साल ओझा, दिपेश सिम्खडा, सनीता त्रिपाठी, मिरा ढकाल, यज्ञ अधिकारी, महेन्द्र श्रेष्ठ, रुपेश सिम्खडा र दिपक ओझा रहनु भएको छ त्यसै गरि संस्थाका सल्लाहाकारहरुमा प्रतिक्षा पाण्डे, उदय लोहनी, जनक पान्डे, दिपक धमला र दिपक सिम्खडा रहनुभएको छ ।
भेलाको समापन संगै द नेपाली टाईम्स अस्ट्रेलिया सँग कुरा गर्दै बिगतमा जस्तै समाज बिबिध परोपकारी एबम सामाजिक कार्यमा आझै सक्रिय भएर लाग्ने र समुदायका अन्य संघ संस्था सँग हातेमालो गर्दै आगाडी बढ्ने नबनिर्बाचित अध्यक्ष किरण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार संस्थाको परिकल्पना र तदर्थ समिति गठन संगै समाजले बिगतमा धेरै परोपकारी कार्यहरुमा सक्रिय थियो । भुकम्पबाट प्रभाबित स्कूल पुनर्निर्माण, पैसाको अभाबमा परेका बिरामीको लागि आर्थिक सहयोग र सिड्नीमा निधन भएका बिधार्थी स्व मिलनको शब नेपाल पठाउने लागएत बिबिध परोपकारी कार्यहरु हालै समाजबाट भएका केहि सहयोगी कार्यहरु हुन् ।
समाजले अगस्ट १३ शनिवारको दिन ओलम्पिक पार्कमा एक बार्बिक्यू सहितको ‘ग्रीट एन्ड मीट धदिङे’ कार्यक्रमको आयोजना पनि गर्दैछ, त्यसै गरि समाजको सदस्य हुनेहरुको लागि अनलाइन रजिस्ट्रेसन फर्मको सुरुवात गर्ने जसबापत साधारण सदस्यको लागि १० डलर ऊठाई तत्कालको लागी केही फन्ड रेज गर्ने पनि निर्णय गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...