पेरिसमा यूरो कप, काठमाडौंमा फेशन शो

काठमाडौं— आईतबार मध्यरात फ्रान्सको राजधानी पेरिसमा खेलिएको यूरो कप फुटबल–२०१६ को पूर्व सन्ध्या पारेर आईतबार राती काठमाडौंमा एउटा रमाइलो फेसन शोसहितको ग्ल्यामरस कार्यक्रम आयोजना गरियो । बेटर ग्यालेक्सीले आयोजना गरेको ‘हार्ट डिजाएर रनवे ३ एण्ड यूरो फिभर’ शीर्षकको कार्यक्रम फेसन शो, लाइभ कन्सर्ट, डिजे सेसन हुँदै यूरो फुटबल प्रतियोगिताको फाइनल खेलसम्म पुगेर टुंगिएको थियो ।

राती ९ बजेदेखि प्रारम्भ भएको कार्यक्रमको पूवाद्र्धमा एक दर्जन मोडलहरुले विभिन्न चार सिक्वेन्समार्फत विभिन्न पहिरनहरु प्रदर्शन गरे । फेसन शोमा कायरा बुटिक, लफ स्टुडियो, नेपाल फेसन हाउस तथा सजिना कलेक्सनका विभिन्न पहिरनहरु प्रदर्शन गरिएको थियो । मोडलहरुले लेहेंगा, गाउन, सारी, कुर्ता, वन पिस सहितका पहिरनहरु प्रदर्शन गरियो । फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरुले पोर्चुगल तथा फ्रान्सका आधिकारिक जर्सीको प्रदर्शन गरेका थिए । हातमा फुटबल लिएर र्याम्पमा क्याटवाक गरेका मोडलहरुले खेलाडीकै हाउभाउ प्रस्तुत गरेका थिए ।

थापाथलीको ब्लुबर्ड मलस्थित मुड्स लाउञ्जमा धिरज तण्डुकार तथा मनिष शाक्यद्वारा कोरियोग्राफी गरिएको फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरु फुटबलको जर्सीमा प्रस्तुत हुँदा उपस्थित दर्शकसमेत रोमाञ्चक भएका थिए । फेसन शोको क्रममा आयोजित सांगीतिक कार्यक्रममा गायक सुमन श्रेष्ठ तथा धर्म लामाले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । फेसन शो तथा सांगीतिक प्रस्तुतीपछि करिव ११ बजेदेखि प्रारम्भ भएको डिजे कबिरले डिजे सेसन सञ्चालन गरेका थिए, जुन यूरो कप फुटबलको फाइनल खेल प्रारम्भ हुने बेलासम्म जारी रह्यो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...