समस्यामा सलमान

जूलाई ६ का दिन वल्र्डवाइड रिलिज हुने बलिउडको नयाँ फिल्म ‘सुल्तान’ को पब्लिसिटीका क्रममा बोलेको एउटा वाक्यका कारण सुपरस्टार अभिनेता सलमान खान समस्यामा परेका छन् । फिल्मको प्रोमोसनका लागि बोल्ने क्रममा सलमानले बलात्कृत युवतीको उदाहरण दिएका थिए, जसका कारण यो विषय अदालतसम्म पुग्यो । सलमानले एउटा अन्तर्वार्ताका क्रममा सुल्तानको कुस्तीको दृश्य छायांकन गर्दा आफू थकित भएर अखडाबाट बाहिरिँदा सामूहिक बलात्कार–पीडित किशोरीजस्तो महसुस भएको बताएका थिए । ‘कुस्तीको दृष्यमा छायांकन गर्नु निकै मुस्किल थियो, म पाइला समेत अघि सार्न सक्दिन थिएँ, सलमानको भनाइ यस्तै थियो । सलमानको यही भनाइका कारण भारतको हरियाणास्थित हिसारकी सामूहिक बलात्कार–पीडित एक युवतीले सलमानसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । पीडितले पन्जाब तथा हरियाणा हाइकोर्टको माध्यमबाट सलमानलाई नोटिस पठाएकी हुन् । सलमानको सार्वजनिक टिप्पणीका कारण आफ्नो छवि थप धमिलिएको ती युवतीको तर्क छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...