अभियान पूरा, जिम्मेवारी बाँकी

छैटौ एनआरएन बिश्व सम्मेलन २०१३ को सुरुवातमा अर्थात एनआरएन अभियान शुरु भएको करीब १० बर्षपछि एनआरएनलाई नेपाल सरकारले संघ दर्ता गर्ने अनुमति दियो । जुन नेपाल सरकार र एनआरएनबीच धेरै बर्षको रस्सा कस्सीपश्चात मात्र सम्भव भएको हो । त्यस संघ दर्ता प्रकृयालाई सफल बनाउने क्रममा एनआरएनए र सरकारबीच धेरै नै गिभ एण्ड टेक भएका थिए । गैरआवसिय नेपाली संघको बिधिवत स्थापना नेपालमा हुँदै गर्दा समस्त गैरआवासिय नेपालीहरू नेपालमा आफ्नो एक दशक लामो अभियानले मुर्त रुप पाएकोमा हर्शित थिए । त्यसपछि आधारमा टेकेर सम्पूर्ण एनआरएनहरू अब नेपालमा आफ्नै घर बनाउन अभियानमा जुटे । अध्यक्ष शेष घलेको नेतृत्वमा संसारभर ब्यापक अर्थ संकलनले अत्यधिक सफलता प्राप्त गर्न सफल भयो । जसको फल स्वरुप करीब १ बर्षको अन्तराल मै गत २०१५ को फेब्रुअरीमा गैरआवासिय नेपाली संघले आफ्नै भवन बनाउनको लागि आवश्यक पूर्वाधार तयार पारी एनआरएन भावन शिलन्यास गर्न पनि सफल भयो । दुर्भाग्य भनौ गत बैशाख २५ को अकल्पनीय भूकम्पको पीडाले गैर आवसिय नेपालीहरूको ध्यान, समय र श्रोत राहात र पुननिर्माणतर्फ लाग्यो । भूकम्पको पीडा नेपालले सहन नपरेको भय आज सातौ बिश्व सम्मेलनसम्म आइपुग्दा हामीले आफ्नै घर एनआरएन भवनको खाका करीब करीब देख्न सक्ने अवस्था रहन्थ्यो होला ।
आज एनआरएन सातौ बिश्व सम्मेलनको संघारमा आईपुग्दा समस्त एनआरएनहरूले दीपावली गर्नु पर्ने अर्को सुखद परीणाम पाएका छन । संघ स्थापनादेखि कै प्रमूख मूद्दाको रूपमा रहेको एनआरएनलाई दोहोरो नागरिकतासम्बन्धी माग आज पुरा भएको छ नयाँ सविधानमार्फत । एनआरएनहरूले सार्क मूलूकबाहेक अन्य जुनसुकै देशको नागरिकता लिएको भएता पनि नेपालको पनि नागरिकता पाउने प्रबधान नयाँ संबिधानले गरेको छ । तर यो हाललाई राजनीतिक अधिकार भने दिएको छैन । जे होस एनआरएनको प्रमूख माग पूरा भएको छ । एनआरएनलाई बिना भिषा आवत जावत गर्न, बसोबास गर्न ब्यापार ब्यवसाय प्रबद्र्धन गर्न, रोजगारीको अवसर श्रृजना गर्न, संस्थागत रूपमा परोपकरी कार्य गर्न कुनै कानूनी रोक र झमेला छैन ।

अभियान पुरा : जिम्मेवेरी थपियो
एनआरएनले संधै माग्ने मात्रै हाईन की केहि दिनु पर्ने बेला आएको छ । अब के पाउनु पर्छ भन्नु भन्दा पनि म के दिन सक्छु भन्ने कुरा एक चोटि गम्भीर भनेर सोच्ने यहि बेला हो । दोहोरो नागरिकताको सवाल पक्कै पनि खाडी र मलेशियामा काम गर्नेहरूको प्राथमिकताको बिषय थिएन । यो त बिकसित मूलूकमा बसी त्यहाँको नागरिकता लिने नेपालीहरूसँग नै सम्बन्धित छ भन्नु अत्युक्ति नहोला । जो आर्थिक र प्रज्ञीक हिसाबले सम्पन्न नै छन भन्ने आकलन छ । अब तिनै दक्ष र तूलनात्मक रूपमा आर्थिक रूपमा सम्पन्न एनआरएनहरूले नेपालको लागि आफुले सम्बन्धित बिदेशमा आर्जन गरेको श्रोत, सधान, ज्ञान सिपको केही न केही हिस्सा हामीले देशको लागि अर्पण गर्नै गर्ने हुन्छ । त्यो मात्रै होइन संसारका अन्य मूलूकमा बसेका एनआरएनहरूको कल्याणको लागि आफ्नो कुनै कसरत बाँकी राख्न हुँदैन । अब हामी सबैले आमाको दुधको भारा तिर्ने बेला आएको छ । दुख र कठिन गुजरा चलाई रहेका दाजु भाईहरूको गुन तिर्ने बेला आएको छ । आफ्नो क्षमता अनुसार प्रत्येक गैरआवासिय नेपालीले नेपालमा केही न केही गर्ने बेला यही नै हो । कुनै पनि देश सधैं अर्का कै भरोशामा बस्दैन त्यसमा पनि नेपाल अपार सम्पदाको धनी भएकोले राजनीतिक स्थिरता कायम हुनसाथ नेपालमाथि उठ्छ । सक्नेले धेरै गर्छन् नसक्नेले थोरै र सानो स्केल मै भए पनि नेपालसँग व्यवसायिक वा परोपकारी क्षेत्रमा कार्यगत साईनो जोड्नै पर्छ । जस्ले गर्दा आज पहिलो पुस्ताले स्थापना गरेको पूर्वाधारले आउँदा पुस्ताहरूलाई पनि संसारको कुनै मूलूकमा बसे पनि नेपालप्रतिको पैत्रिक नाता अटूट रहने छ, आपसी आर्थिक, समाजिक र साँस्कृतिक आदान प्रदान रहिरहने हुँदा भौगोलीक रूपमा जती टाढा रहे पनि नेपालीपन र नेपाली मन जिबन्त नै रहन्छ ।
एकतिर संसार बिज्ञान र प्रबिधिको चमत्कार मान्छेको जिबनस्तर आफुले सोचेभन्दा माथि पुगिसकेको छ भने अर्कातिर हाम्रो देश दशकौ लामो समयको अन्योल र अनिस्चितताबाट अझै पनि मुक्त हुन नसकेको कठिन अवस्थामा गुज्रिएको तितो सत्य हामी बाट लुकेको छैन । यस्तो अवस्थामा राज्यको ध्यान केन्द्रदेखी गाउसम्म पुग्न सकेको छैन । अथाह श्रोत सधान र सम्पदाको धनी हुँदा हुँदै पनि हाम्रो भौगोलिक बिकटता र राजनीतिक अन्योलता र आर्थिक उदासिनताका कारण नेपालका धेरै दुर्गम भेगका नेपालीहरूको जीवनस्तर निक्कै नै कस्टकर छ । यस्तो भेदभाबपूर्ण जिबनस्तरको दूरीलाई काम गर्न आज बिश्वको ७१ देशमा आफ्नो सन्जाल बिस्तार गरेको एनआरएनका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने कुरामा दुईमत छैन ।
नेपालको प्राय सबै भागसंँग प्रत्यक्ष अप्रत्यक्ष रूप एनआरएनहरूको सम्बन्ध पक्कै पनि छ, बिदेशमा खुलेका जिल्ला जिल्ला अनि शहर र भेगलाई आधार मानी यो र त्यो नाउमा खोलिएका सम्पर्क समाजले त्यस्तै देखाउँछन । तर सकारात्मक ढंगबाट सोच्ने हो भने यस्ता समूहहरूलाई बिकेन्द्रित रूपमा नेपालमा लघु लगानी र परोपकारी कार्यको लागि अत्यन्तै महत्वपूर्ण हुन सक्छ । लगानीको नाउँमा मिलियन डलर खन्याउनु पर्दैन । आफु जन्मेको गाउ, हिंडेको बाटो, पढेको स्कुल नजिकको अस्पताल, पुस्तकालयदेखी लिएर एउटा सानो थिम पार्कसम्म बनाई दिन सके पनि गरीबीको रेखा मूनी बसेका बिशेष गरी ग्रामीण र दुर्गाम भेगमा बसोबास गरेका नेपालीहरूको कल्याण हुनेछ ।
त्यसैगरी आज बिश्वमा रहेका करीब ४० लाख नेपालीहरू प्रत्येकले एउटा अबैतनिक राजदुतको रूपमा काम गर्न सक्छन । नेपालको प्रमूख बैदेशिक आम्दानीको मात्र होइन घरेलु रोजगारीको श्रोत भनेको पर्यटन नै हो । त्यसको लागि प्रभावकारी प्रचार प्रसारको खाँचो छ । नेपालीले नेपालको सुन्दरताको बारेमा बिदेशमा प्रचार भनेको अन्य संचार मध्यामबाट गरिएको भन्दा धेरै गुणा शक्तिशाली हुन्छ ।
अपार प्राकृतिक सुन्दरताको धनी देश नेपालको बयान बिदेशमा बस्ने लाखौं नेपाली बाट एत्रतत्र फैलाउन सकियो भने नेपालको चौतर्फी बिकास र नेपालीको जीवनस्तर सुधारको लागि कसैको मूख ताक्न पर्दैन न त नेपाली युवाहरू खाडी र मलसियामा भौतारिन नै आवस्यक हुनेछ ।
जनस्तरमा सम्बन्ध बिकास
बिदेशमा बसेका तमाम नेपालीहरू आफ्नो क्षेत्रमा उल्लेखनीय दख्खलता पनि हसिल गरेका छन । यतीसम्म कि सम्बन्धित देशको मूलधार राजनीतिदेखी नीति निर्माण त्यहाँसम्म पुगेका छन ।
यसले गर्दा बिकसित देशसँग बिकासमा बामे सर्दै गरेको नेपाल सम्बन्धको एउटा बलियो सम्बाहकको रूपमा नेपालीहरू आफ्नो भूमिका निभाउन सक्छन । गरीब देशको सम्पन नागरिक भन्दा सम्पन देशको गरीब नागरिक बनेर बिदेशमा चिनिन हाम्रो शान अर्कै हुन्छ । हो देशको स्थिती राम्रो बन्दै गएपछि त हाम्रो के आवश्यकता छ र . मौका यही हो मातृभूमीको रिन तिर्ने । तसर्थ समस्त एनआरएन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समय यही हो आएको छ यसले
पर्खदैन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



