खाजा खर्च बचाएर धुर्मुस–सुन्तलीलाई सहयोग

काठमाडौं— ‘सामाजिक भावनाका सहयोगी हातहरुमा हाम्रा हातहरु संगै छन्’ भन्ने नाराका साथ बबरमहलस्थित नेपाल मेगा कलेजका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मेगा कलेका विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएको ५५ हजार रुपैयाँ यो परोपकारी फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा फाउण्डेसनका हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ उपस्थित थिए । समारोहलाई सम्बोधन गर्दै कलाकार कट्टेलले धुर्मुस–सुन्तली फाउण्डेशनको स्थापना, यसले लिएको लक्ष्य तथा उदेश्यका बारेमा प्रकाश पारेका थिए । समारोहमा उनले आफ्नो संघर्षपूर्ण विगतका अनुभवहरु स्मरण गर्दै विद्यार्थीहरुलाई आत्मबल बढाएर आफ्नो कला प्रस्तुत गर्न सुझाव दिए । कट्टेलले भूकम्पपछिको पुनर्निर्माणमा जोड दिँदै सक्नेले धन, नसक्ने तन र मन दिएर पनि सहयोह गर्न सकिने बताए । समारोहमा कट्टेलले पुनर्निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनमा ४ करोड रुपैयाँ संकलन भैसकेको बताए ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...