खाजा खर्च बचाएर धुर्मुस–सुन्तलीलाई सहयोग

काठमाडौं— ‘सामाजिक भावनाका सहयोगी हातहरुमा हाम्रा हातहरु संगै छन्’ भन्ने नाराका साथ बबरमहलस्थित नेपाल मेगा कलेजका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मेगा कलेका विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएको ५५ हजार रुपैयाँ यो परोपकारी फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा फाउण्डेसनका हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ उपस्थित थिए । समारोहलाई सम्बोधन गर्दै कलाकार कट्टेलले धुर्मुस–सुन्तली फाउण्डेशनको स्थापना, यसले लिएको लक्ष्य तथा उदेश्यका बारेमा प्रकाश पारेका थिए । समारोहमा उनले आफ्नो संघर्षपूर्ण विगतका अनुभवहरु स्मरण गर्दै विद्यार्थीहरुलाई आत्मबल बढाएर आफ्नो कला प्रस्तुत गर्न सुझाव दिए । कट्टेलले भूकम्पपछिको पुनर्निर्माणमा जोड दिँदै सक्नेले धन, नसक्ने तन र मन दिएर पनि सहयोह गर्न सकिने बताए । समारोहमा कट्टेलले पुनर्निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनमा ४ करोड रुपैयाँ संकलन भैसकेको बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...