अस्ट्रेलिया भरि मनोरन्जन र परोपकारिताको सन्देश दिदै भद्रगोल टिम

अस्ट्रेलिया भरि मनोरन्जन र परोपकारिताको सन्देश दिदै भद्रगोल टिम नेपाल फर्केको छ । आफ्नो करिब ३ हप्ते बसाईमा अस्ट्रेलियाका चार प्रमुख शहरहरुमा सशक्त कार्यक्रम प्रस्तुत गरेको भद्रगोल टिमले देशको बर्तमान परिस्थिति प्रति र हाम्रा कयौ सामाजिक अवधारणा प्रति व्यंग गर्दै यहाँका दर्शकलाई मनोरन्जन दिन सफल भयो ।
त्यसै गरि सिड्नीको कार्यक्रम सम्पन्न सँगै अर्जुन घिमिरे (पाँडे)ले एक चरणको कार्यक्रम सकिएको भए पनि मानबता र परोपकारिताको नाता र भावना सहित आफुहरु सबै धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गिरान्चौर एकीकृत बस्ती निर्माण अभियानका लागि सबै सँग सहयोगको लागि हात फैलाउने बताएका थिए । सोहि अनुरुप भद्रगोल टिमले औपचारिक कार्यक्रम पश्चात आफ्नो घुम घाम को कार्यक्रमलाई प्रथामिकता दिनु भन्दा बरु सानो ठुलो नेपाली जमघटमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गिरान्चौर एकीकृत बस्तीका बारेमा प्रष्ट पर्दै सहयोगको लागि अनुरोध गरेका थिए । टिमका सदस्य सागर लम्साल (बले)ले द नेपाली टाईम्स सँग कुरा गर्दै भने हामी सबै अस्ट्रेलिया पहिलो पटक आएका हौ हामीलाई थाहा छ यहाँ धेरै घुम्ने ठाउँ छन् तै पनि हामीले घुम्ने कुरालाई कम गरेर यो समय धुर्मुस सुन्तली फाउन्डेसनको लागि सहयोग जुटाउन लागि परेका छौ । लम्सालले अघिल्लो परियोजनामा आफु लगाएत धेरैले ढुंगा बोक्ने कोदालो खन्दै सहयोग गरेको र यो धेरै भन्दा धेरै सहयोगी मनहरुको कारण मात्र सफल भएको बताए । त्यसै टिमका अर्का सदस्य हरि निरौला (कक्रोच)ले यो सानो वा ठुलो सहयोगले धेरैको आँखाको आशु पुछ्न सफल हुने बताऊँदै सहयोगको रकम नेपाल पुराउने र पारदर्शीता सहित पुन सबैको जानकारीका लागि राख्ने बताए । यहाँका लगभग सबै जमघटहरुमा कुमार कट्टेल (जिग्री)ले धुर्मुस सुन्तली फाउन्डेसन र यसले गरेको कार्यको बारेमा प्रष्ट पारेका थिए ।(फोटो: सतिस फोटोग्राफी )
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...