फ्रान्समा लरी हमला ७० जनाभन्दा बढीको मृत्यू
फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा ७० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । आतिशबाजी प्रदर्शनपछि उक्त घटना भएको बताईएको छ । सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको अधिकारीहरुले बताएका छन् ।
तस्वीरमा दर्जनौं मानिसहरु सडकमा लडिरहेका देखिन्छन् । अधिकारीहरुले त्यसलाई आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनेका छन् । निसका मेयरले भनेका छन, लरीका चालकले दर्जनौ मानिसहरुको हत्या गरेको देखिन्छ ।
समाचार संस्था एएफपीका अनुसार अभियोजनकर्ताले भनेका छन, उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो ।
आन्तरिक मामिलामन्त्री पियर हेन्री ब्रन्डेले यसअघि खबर आएजस्तो बन्धकको अवस्था नरहेको र लरीका चालकमाथि कारवाही गरिएको बताएका छन् । उनले ती चालकले एक्लै उक्त आक्रमण गराएको वा अरु कोही थिए भन्ने विषयमा अनुसन्धान भइहेको बताएका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलान्दले आपतकालीन बैठकका लागि राजधानी प्यारिस फर्किरहेको उनको कार्यालयले जनाएको छ।
ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा थिए । केही रिपोर्टहरुमा प्रहरी र लरीमा रहेकाहरुबीच गोली हानाहान भएको बताइएको छ तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सामाजिक सञ्जालमा राखिएका भिडियोमा घटनापछि मानिसहरु आत्तिएर सडकमा दौडिरहेको देखिन्छ । निसस्थित घटनास्थलमा रहेका एकजना पत्रकारले रिपोर्टमा भनेका छन, घटना भएको ठाउँमा धेरै रगतहरु देखिएको छ र धेरै मानिसहरु घाइते भएकोमा कुनै दुविधा छैन ।
बिएफएम टिभीलाई एकजना प्रत्यक्षदर्शीले भने, सबै मानिसहरु त्यहाँ आक्रमण भएको भन्दै भाग्न भनिरहेका थिए।
हामीले बन्दुक चलेको सुन्यौं । हामीले ठान्यौँ त्यो आतिसबासी होला । सो आmत्रमणमा कसको संलग्नता छ भन्नेबारे एकिन भएको छैन ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...