फ्रान्समा लरी हमला ७० जनाभन्दा बढीको मृत्यू

फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा ७० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । आतिशबाजी प्रदर्शनपछि उक्त घटना भएको बताईएको छ । सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको अधिकारीहरुले बताएका छन् ।
तस्वीरमा दर्जनौं मानिसहरु सडकमा लडिरहेका देखिन्छन् । अधिकारीहरुले त्यसलाई आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनेका छन् । निसका मेयरले भनेका छन, लरीका चालकले दर्जनौ मानिसहरुको हत्या गरेको देखिन्छ ।
समाचार संस्था एएफपीका अनुसार अभियोजनकर्ताले भनेका छन, उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो ।
आन्तरिक मामिलामन्त्री पियर हेन्री ब्रन्डेले यसअघि खबर आएजस्तो बन्धकको अवस्था नरहेको र लरीका चालकमाथि कारवाही गरिएको बताएका छन् । उनले ती चालकले एक्लै उक्त आक्रमण गराएको वा अरु कोही थिए भन्ने विषयमा अनुसन्धान भइहेको बताएका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलान्दले आपतकालीन बैठकका लागि राजधानी प्यारिस फर्किरहेको उनको कार्यालयले जनाएको छ।
ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा थिए । केही रिपोर्टहरुमा प्रहरी र लरीमा रहेकाहरुबीच गोली हानाहान भएको बताइएको छ तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सामाजिक सञ्जालमा राखिएका भिडियोमा घटनापछि मानिसहरु आत्तिएर सडकमा दौडिरहेको देखिन्छ । निसस्थित घटनास्थलमा रहेका एकजना पत्रकारले रिपोर्टमा भनेका छन, घटना भएको ठाउँमा धेरै रगतहरु देखिएको छ र धेरै मानिसहरु घाइते भएकोमा कुनै दुविधा छैन ।
बिएफएम टिभीलाई एकजना प्रत्यक्षदर्शीले भने, सबै मानिसहरु त्यहाँ आक्रमण भएको भन्दै भाग्न भनिरहेका थिए।
हामीले बन्दुक चलेको सुन्यौं । हामीले ठान्यौँ त्यो आतिसबासी होला । सो आmत्रमणमा कसको संलग्नता छ भन्नेबारे एकिन भएको छैन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...