माओवादी भन्छ-बजेटसम्बन्धी विधेयक नयाँ सरकारपछि मात्र

काठमाडौं— नेकपा माओवादी केन्द्र)ले वर्तमान सरकार अल्पमतमा परिसकेकाले बजेटसंग जोडिएका विधेयक पारित गर्न आफूहरु तयार नरहेको स्पष्ट पारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले बजेटसंग जोडिएका विधेयक तथा ऐन नयाा सरकार गठन भएपछि मात्रै अगाडि बढाउने निष्कर्ष निकालेको हो ।
नेकपा(एमाले) नेतृत्वको सरकारबाट आफूहरु बाहिरिएपछि सरकार पूर्णरुपमा अल्पमतमा परेको, सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भइसकेको अवस्थामा सरकार पक्ष विधेयक अगाडि बढाउन नमिल्ने भएकाले नयाँ सरकार गठनपछि मात्रै प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिएका छन् ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन तथा समग्र राजनीतिक विषयमा छलफल भएको थियो । बैठकमा नयाँ सरकार गठन, सरकारमा पार्टीको तर्फबाट अपनाउनुपर्ने नीतिलगायतका विषयमा समेत छलफल भएको प्रवक्ता भुसालले बताएका छन् । माओवादीको अर्को बैठक भोलि शनिबार बिहान पुन: बस्ने बताइएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...