सैनिक कु सँगै टर्कीमा देशभर कर्फ्यू

टर्कीमा सैनिक कु भएको छ । टर्कीको सेनाले एक बयान जारी गरेर सत्तामा नियन्त्रण कायम गरेको दाबी गरेको छ । सेनाले पिस काउन्सिल समूह बनाएर सत्ता नियन्त्रणमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । देशभर सेनाको नियन्त्रण रहेको र सैनिक कानुन लागु गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । प्रजातान्त्रिक संविधान निलम्बन गरी नयाँ संविधान लागु गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । सेनाको बयान राष्ट्रिय टेलिभिनबाट प्रशारण गरिएको हो । देशभर कर्फ्यू लगाइएको सेनाले जनाएको छ । स्थानबुलसहितका मुख्य शहरमा सेना परिचालन भएको तथा राजधानी अंकारामा सेनाका विमान उडेको बिबिसीले जनाएको छ ।
सेनाका कुन स्तरका अधिकारीको समर्थन कुमा छ भन्ने खुलेको छैन । सेनाका केही उच्च अधिकारीलाई बन्धक बनाइएको खबरमा उल्लेख छ । इस्थानबुलमा रहेको प्रहरीको मुख्यालय अगाडि गोली हानाहानको आवाज सुनिएको छ । राष्ट्रपति रिसेप टाइप एर्डोगानले यो सेनाका अल्पसंख्यकले गरेको बिद्रोह रहेको र यसबाट देश बाहिर निस्कने बताउनुभएको सिएनएन टर्कीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । राष्ट्रपति एर्डोगान सुरक्षित हुनुहुन्छ । सेनाको कु सफल भएपमा सन् २००३ देखि रहँदै आएको एर्डोगानको शासन अन्त्य हुनेछ । राष्ट्रपति एर्डोगानले आफ्ना समर्थक सेनाको कु विरुद्ध सडकमा उत्रिने र कुमा संलग्नले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...