सैनिक कु सँगै टर्कीमा देशभर कर्फ्यू

-- NTA REP. ?>

टर्कीमा सैनिक कु भएको छ । टर्कीको सेनाले एक बयान जारी गरेर सत्तामा नियन्त्रण कायम गरेको दाबी गरेको छ । सेनाले पिस काउन्सिल समूह बनाएर सत्ता नियन्त्रणमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । देशभर सेनाको नियन्त्रण रहेको र सैनिक कानुन लागु गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । प्रजातान्त्रिक संविधान निलम्बन गरी नयाँ संविधान लागु गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । सेनाको बयान राष्ट्रिय टेलिभिनबाट प्रशारण गरिएको हो । देशभर कर्फ्यू लगाइएको सेनाले जनाएको छ । स्थानबुलसहितका मुख्य शहरमा सेना परिचालन भएको तथा राजधानी अंकारामा सेनाका विमान उडेको बिबिसीले जनाएको छ ।

सेनाका कुन स्तरका अधिकारीको समर्थन कुमा छ भन्ने खुलेको छैन । सेनाका केही उच्च अधिकारीलाई बन्धक बनाइएको खबरमा उल्लेख छ । इस्थानबुलमा रहेको प्रहरीको मुख्यालय अगाडि गोली हानाहानको आवाज सुनिएको छ । राष्ट्रपति रिसेप टाइप एर्डोगानले यो सेनाका अल्पसंख्यकले गरेको बिद्रोह रहेको र यसबाट देश बाहिर निस्कने बताउनुभएको सिएनएन टर्कीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । राष्ट्रपति एर्डोगान सुरक्षित हुनुहुन्छ । सेनाको कु सफल भएपमा सन् २००३ देखि रहँदै आएको एर्डोगानको शासन अन्त्य हुनेछ । राष्ट्रपति एर्डोगानले आफ्ना समर्थक सेनाको कु विरुद्ध सडकमा उत्रिने र कुमा संलग्नले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ ।