संसद बैठक छ दिनलाई स्थगित

काठमाडौं-ब्यवस्थापिका संसदको बैठक साउन ६ (जुलाई २१) गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले सूचना निकालेर शुक्रबार बोलाइएको संसद बैठक सुरु नै नगरी साउन ६ गते बस्ने गरी अर्को बैठक बोलाउनुभएको हो । सूचनामा साउन ६ गतेको बैठकमा सरकारमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुने पनि उल्लेख गरिएको छ ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालले यसले संसदभित्र अनावश्यक विवाद बढाएको बताउनुभयो । मुख्य सचेतकहरुसँगको छलफलमा संसद बैठक बोलाउने बताएपनि त्यसलाई कार्यान्वयन नगराएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले संसदभित्र अनावश्यक द्वन्दमा जान चाहेमा एमालेले त्यसको प्रतिवाद गर्ने बताउनुभयो । कांग्रेसका नेता रामचन्द्र पौडेलले सभामुखले अर्को बैठक ६ गतेका लागि बोलाएकाले त्यसमा कुनै टिप्पणी नगर्ने बताउनुभयो ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित गर्नुपर्ने थियो । संसद बैठक नै स्थगित भएपछि यी विधेयक पारित नहुने निश्चित भएको छ । दुवै विधेयक पारित नहुँदा सरकारलाई कर तथा ऋण उठाउन समस्या हुन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...