तपाईंको कलेजको पहिलो दिन कस्तो थियो ?
नेपालमा एसएलसीको परिणाम प्रकाशित भएपछि यतिबेला लाखौं किशोरा–किशोरीहरु कलेज भर्ना हुने क्रममा छन् । यसपटक ग्रेडिङ प्रणालीबाट एसएलसीको नतिजा प्रकाशित भएकाले करिव चार लाख विद्यार्थीहरु कलेजको अध्ययन प्रारम्भ गर्दैछन् । कलेजको पहिलो दिन हरेकका जीवनमा अविष्मरणीय रहने गर्दछ । सेलिब्रेटीहरुको जीवनमा पनि कलेजको पहिलो दिनले उत्तिकै महत्व राख्छ । यही अवसर पारेर द नेपाली टाइम्स अष्ट्ेरलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही सेलिब्रेटीहरुलाई उनीहरुको कलेजको पहिलो दिन कस्तो रहेको थियो भन्ने विषयमा जिज्ञासा राखेका छन् । उनीहरुको जवाफ जस्ताको तस्तै :
सुशान्त कार्की, अभिनेता
कलेजको पहिले दिन म असाध्यै उत्साहित थिएँ । आफूलाई मन परेको पहिरन लगाएर कलेज पुग्दा नयाँ–नयाँ साथीहरु कस्ता बन्ने हुन् भन्ने कौतुलहताले पनि सताएको थियो ।
कैलाश अर्याल, सेफ
कलेजको पहिलो दिन नै आफूले पढ्नु पर्ने विषयहरुको पाठ्यक्रम हात पर्यो । त्यो हात परेपछि त स्कूलमा भन्दा कलेजमा बढी पढ्नुपर्ने रहेछ भन्ने लागेर मनै खल्लो भयो
युवराज चौलागाईं, गायक
पहिलो दिन कलेजको गेटबाट भित्र छिर्दा अब स्वतन्त्र भइयो भन्ने अनुभव गरें । त्यो बेला त मलाई जिन्दगी अब मेरो आफ्नै हातमा छ भन्ने पनि लागेको थियो ।
नीता ढुंगाना, नायिका
नयाँ वातावरण, नयाँ साथीहरू अनि जिन्दगीको नयाँ ढोका खोलेर अझै अघि बढ्न उत्साहित थिएँ ।
कला सुब्बा, कोरियोग्राफर
कलेजको पहिलो दिन म एकदमै नर्भस थिएँ । धरानबाट एकैचोटि काठमाडौंको पिपुल्स क्याम्पस ज्वाइन गर्दा पहिलो दिन चलचित्रमा देखाइएझैं केही होला कि भन्ने डर लागिरह्यो । चलचित्रमा जसरी कुनै हिरो टाइपको केटासँग ठोक्किएला कि भन्ने लागिरह्यो ।
सुपी थापा, मोडल
कलेजको पहिलो दिन मेरो यूनिफर्म नै तयार भएको थिएन त्यसैले आफूलाई मनपर्ने पहिरनमा कलेज गएँ । स्कूलमा मेकअप र ड्ेरसअप गर्न नपाइने भएकाले मैले आफूलाई सकेसम्म राम्री बनाउने प्रयास गरेकी थिएँ ।
नम्रता सापकोटा, नायिका
कलेजको पहिलो दिन म असाध्य एक्साइटेड थिएँ । नयाँ साथीहरू बनाउने उग्र चाहना थियो । टिनएजर युवतीको फिलिङ्स नै बेग्लै हुने भैहाल्यो । जीवनको नयाँ यात्रा आरम्भ भएको थियो त्यो बेला ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...