शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुने

-- ?>

Sashank-koirala

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार भएकाले दुई दिनपछि घर जान सक्ने उपचारमा संलग्न चिकित्सकले
जानकारी दिएका छन् । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा कोइरालाको उपचारमा संलग्न डा हरिश जोशीका अनुसार अहिले उनको स्वास्थ्य स्थिति ठीक छ ।
नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले अहिलेसम्म उनलाई अस्पतालमा राखिएको हो । डा हरिशले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि कोइरालालाई घर पठाइने जानकारी दिएका छन् । अहिले कोइरालाले साधारण खानपान गरिरहेको, उनको रक्तचाप, मुटुको धड्कन पनि सामान्य अवस्था आइसकेको डा जोशीले जानकारी दिएका छन् । कोइरालाको स्वास्थ्य अवस्था अकस्मात् गम्भीर भएपछि उनलाई गत २१ असारमा ओम अस्पतालमा भर्ना गरिएको थियो । अचेत अवस्था रहेका उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।