शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुने

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार भएकाले दुई दिनपछि घर जान सक्ने उपचारमा संलग्न चिकित्सकले
जानकारी दिएका छन् । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा कोइरालाको उपचारमा संलग्न डा हरिश जोशीका अनुसार अहिले उनको स्वास्थ्य स्थिति ठीक छ ।
नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले अहिलेसम्म उनलाई अस्पतालमा राखिएको हो । डा हरिशले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि कोइरालालाई घर पठाइने जानकारी दिएका छन् । अहिले कोइरालाले साधारण खानपान गरिरहेको, उनको रक्तचाप, मुटुको धड्कन पनि सामान्य अवस्था आइसकेको डा जोशीले जानकारी दिएका छन् । कोइरालाको स्वास्थ्य अवस्था अकस्मात् गम्भीर भएपछि उनलाई गत २१ असारमा ओम अस्पतालमा भर्ना गरिएको थियो । अचेत अवस्था रहेका उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...