श्रीमद्भागवत् ज्ञान महायज्ञको तयारी पूरा

आगामी जूलाई २३ र २४ सिड्नीमा सम्पन्न हुन लागेको दुई दिने श्रीमद्भागवत् ज्ञान महायज्ञको तयारी पूरा भएको आयोजक गोरखा समाज अष्ट्रेलियाले जनाएको छ । कार्यक्रममा कथा वाचन तथा जीवनोपयोगी आध्यात्मिक प्रवचनका लागि पण्डित श्री दीनबन्धु पोखरेल अष्ट्रेलिया आइसक्नुभएको छ । उहाँ अष्ट्रेलियाको क्रेन्समा आयोजित सप्ताह कार्यक्रम सकेर सिड्नी आउनुहुने कार्यक्रम रहेको छ ।
कार्यक्रमको पहिलो दिन जूलाई २३ गते पण्डितको आध्यात्मिक प्रवचन तथा स्थानीय कलाकारहरूको साथमा भजन कीर्तन र साँझ साङ्गितिक कार्यक्रम राखिएको छ . कार्यक्रमको दोश्रो दिन जूलाई २४ गते कलश यात्राको साथमा भागवत् कथा बाचन र भजन कीर्तन हुनेछ । आइतवार विहान १० बजे हुने कलश यात्रामा संलग्न हुन चाहनुहुने भक्तालुजनहरूका लागि अग्रिम बुकिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।
मानव सेवालाई आफ्नो मुलमन्त्र मानेर सडक पेटीहरूमा कष्टकर जीवनयापन गर्न बाध्य पारिएकाहरूलाई बासस्थान, भोजन तथा न्यानो कपडाको ब्यवस्था गर्दै आएको मानव सेवा आश्रम,हेटौंडालाई सहयोग गर्ने परोपकारी उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आफ्नो संस्कारको जगेर्ना गर्दै आध्यात्मिक शान्तिबाट लाभ लिन ब्यस्त दैनिकीमा रहेका सम्पूर्ण सिड्नीबासी नेपाली समुदायलाई अनुरोध गरिएको छ ।
आफ्नो परिवार भेट्न अष्ट्रेलिया आउनुभएका अभिभावकहरू तथा नव आगन्तुक विध्यार्थीहरूलाई समेत मध्यनजर गरेर Ashfield तथा Rockdale बाट शनिबार विहान १० बजे र मध्यान्ह १२ बजे तथा आइतबार विहान ८ बजे, १० बजे र १२ बजे निःशुल्क बस सेवा सञ्चालन गरिने जनाईएको छ । कार्यक्रम सम्बन्धी अध्यावधिक जानकारीका लागि समाजको फेसबुक पेज/gorkhasamajaustralia मा लग अन गर्न तथा फोन नं. ०४६८ ७८३ ३५० (ध्रुव), ०४४९ ९४९ २३२ (प्रकाश) वा ०४१३ १९७ १६५ (शिव) लाई सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...