शंकर र चिरञ्जीवीको ‘सान्नानी’ सार्वजनिक

काठमाडौं— गीतकार शंकर ‘देव’ कँडेलले रचना गरेका आधुनिक गीतहरुको एल्बम ‘सान्नानी’ काठमाडौंमा लोकार्पण गरिएको छ । संगीतकार आलोकश्रीले नौ वटा गीतहरुको उक्त एल्बम विमोचन गरेका हुन् । एल्बम विमोचन गर्दै संगीतकार आलोकश्रीले एल्बममा समावेश गीतहरु सुमधुर तथा मुडमा ल्याउन भएकाले ती गीतहरु लोकप्रिय हुने सम्भावना रहेको बताए । ‘मुडमा ल्याउने खालका छन्, पक्कै लोकप्रिय हुनेछन् ।’
एल्बममा ‘सान्नानी सुनन’, ‘जति नजिक हुन्छु म’, ‘सम्झेर फेरी’ आदि शीर्षकका नौ गीतहरुमा वसन्त सापकोटा, अनुप रेग्मी, चिरञ्जीवी भण्डारी तथा हितान शुक्रको संगीत सुन्न सकिन्छ । एल्बमका गीतमा शिव परियार, मनोजराज, मिलन अमात्य, चिरञ्जीवी भण्डारी, मनिषा पोखरेल, एञ्जिला रेग्मी आदिका स्वर सुन्न सकिन्छ । समारोहमा गायक चिरञ्जिवी भण्डरीको स्वरका दुई गीतहरु ‘सान्नानी…’ तथा ‘म भन्छु यो गर’ तथा मिलन अमात्यको स्वरको ‘जति नजिक..’ गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । सान्नानी…तथा जति नजिक…गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् भने ‘म भन्छु यो गर’ गीतको म्युजिक भिडियोका निर्देशक युवराज वाइवा हुन् ।
एल्बमको शीर्षक गीत सान्नानीको भिडियो यस्तो छ :
https://youtu.be/EQAkc0JUqM4
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...