शंकर र चिरञ्जीवीको ‘सान्नानी’ सार्वजनिक
काठमाडौं— गीतकार शंकर ‘देव’ कँडेलले रचना गरेका आधुनिक गीतहरुको एल्बम ‘सान्नानी’ काठमाडौंमा लोकार्पण गरिएको छ । संगीतकार आलोकश्रीले नौ वटा गीतहरुको उक्त एल्बम विमोचन गरेका हुन् । एल्बम विमोचन गर्दै संगीतकार आलोकश्रीले एल्बममा समावेश गीतहरु सुमधुर तथा मुडमा ल्याउन भएकाले ती गीतहरु लोकप्रिय हुने सम्भावना रहेको बताए । ‘मुडमा ल्याउने खालका छन्, पक्कै लोकप्रिय हुनेछन् ।’
एल्बममा ‘सान्नानी सुनन’, ‘जति नजिक हुन्छु म’, ‘सम्झेर फेरी’ आदि शीर्षकका नौ गीतहरुमा वसन्त सापकोटा, अनुप रेग्मी, चिरञ्जीवी भण्डारी तथा हितान शुक्रको संगीत सुन्न सकिन्छ । एल्बमका गीतमा शिव परियार, मनोजराज, मिलन अमात्य, चिरञ्जीवी भण्डारी, मनिषा पोखरेल, एञ्जिला रेग्मी आदिका स्वर सुन्न सकिन्छ । समारोहमा गायक चिरञ्जिवी भण्डरीको स्वरका दुई गीतहरु ‘सान्नानी…’ तथा ‘म भन्छु यो गर’ तथा मिलन अमात्यको स्वरको ‘जति नजिक..’ गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । सान्नानी…तथा जति नजिक…गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् भने ‘म भन्छु यो गर’ गीतको म्युजिक भिडियोका निर्देशक युवराज वाइवा हुन् ।
एल्बमको शीर्षक गीत सान्नानीको भिडियो यस्तो छ :
https://youtu.be/EQAkc0JUqM4
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...